काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशसहित १७० जनाको काेराेना परिक्षणका लागि स्वाब संकलन गरिएकाे छ। यसअघि गरिएको परीक्षणमा एक सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरूको स्वाब संकलन भएको हो।
यसअघि नै दुई न्यायाधीश क्वारेनटाइनमा बसेका छन्। ईश्वर खतिवडा र हरिप्रसाद फुयाँल क्वारेनटाइनमा छन्।
न्यायाधीश खतिवडाकाे नीजि सुरक्षाकर्मीमा काेराेना पुष्टि भएकाे थियाे। न्यायाधीश फुयाँलले खतिवडासग इजलास साझेदारी गरेका थिए।
खतिवडाका निजी सुरक्षाकर्मीमा काेराेना भएकाे जानकारी गराएपछि अन्य न्यायाधिश र कर्मचारीकाे काेराेना परीक्षणका लागि स्वाब संकलन भएको हो। पहिलाे चरणमा परीक्षण गरिएकाहरूको रिर्पाेट आएपछि आवश्यक परे दाेस्राे चरणकाे परीक्षण गरिने सर्वोच्चले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।