काठमाडौं- नेकपा विवाद समाधान कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले शनिबार (आज)को कार्यदल बैठकमा सामान्य छलफल मात्रै भएको बताएका छन्। पार्टी स्थायी कमिटी सदस्य समेत रहेका पाण्डेले मुख्य विषयवस्तुमा भोलि (आइतबार) मात्रै प्रवेश गर्ने बताएका हुन्।
‘पार्टीमा विवाद उत्कर्षमा पुग्दा संवादहीनताको अवस्थामा थियो। कार्यदल बनाएपछि भर्खरै छलफल हुन थालेको छ,’ नेपाल लाइभसँग कुराकानी गर्दै नेता पाण्डेले भने, 'पार्टी विवादका विषयमा प्रवेश गरिसकेपछि छलफलबाट निष्कर्षमा पुग्न सकिएला।’
कार्यदलमा सबै विषय खुला रुपमा बहस र छलफल गरेर प्रतिवेदन तयार पर्ने पाण्डेले बताए।
लामो समयदेखि नेकपामा रहेको विवादबारे अध्ययन गरी सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ। समितिमा ओली समूह, प्रचण्ड समूह र नेपाल समूहका दुईदुई जना सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।