काठमाडौं- देशभर १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यीमध्ये चार जना भेन्टिलेटरमा रहेको समेत मन्त्रालयले जनाएको हो।
बागमती प्रदेशमा ४ जना भेन्टिलेटर र ४६ जना संक्रमित आइसियुमा उपचाररत छन्। प्रदेश २ मा ४३, प्रदेश ५ मा ८ र गण्डकीमा १ जना संक्रमित आइसियूमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियू र भेन्टिलेटरमा छैनन्।
यसअघि शुक्रबार पनि आइसियू र भेन्टिलेटरमा रहेको संख्या १ सय २ नै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।