काठमाडौं - गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९/९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बेध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
बि एन्ड बि अस्पतालमा ललितपुरका १, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २४, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, श्री वीरेन्द्र अस्पतालमा काठमाडौंका ३, सूर्या हेल्थ केयर लाजिम्पाटमा काठमाडौंका २, स्टार अस्पताल सानेपामा काठमाडौंका १० र ललितपुरका ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।