काठमाडौं- जिल्ला प्रशासन कार्यालय दोलखाले शनिबारदेखि भदौ ६ गतेसम्म जिल्लामा लकडाउन गर्ने घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले एक विज्ञप्ति जारी गर्दै दोलखा जिल्लाको केही स्थानीय तहमा कोरोना संक्रमित देखा परेको भन्दै लकडाउन गरिएको उल्लेख गरेका हुन्।
कोरोना भाइरसको संक्रमण थप फैलन नदिन र नियन्त्रण गर्नका लागि लकडाउन गरिएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला प्रशासनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा हिडडुल गर्न प्रतिबन्ध लगाएको निषेध गरेको छ।
अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक अन्य सरकारी र गैर सरकारी कार्यालय बन्द गर्ने, जिल्लाभर सबै प्रकारका सवारी साधन संञ्चालनमा रोक लगाउने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै जिल्लाभरका बजार बन्द गर्ने तर अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु भने खुल्ला रहने विज्ञप्तिमा उल्लेख छ। खाद्यान्य, तरकारी, औषधि र दूधलगायतका पसल १० बजेसम्म खुल्ने विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।