• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सबै अस्पतालले कोरोनाका लागि २० प्रतिशत बेड छुट्याउने सरकारी निर्णय अव्यवहारिक : विज्ञ

‘यसले झन् भयावह अवस्था ल्याउँछ’
कल्पना पौडेल शुक्रबार, साउन ३०, २०७७  १९:१५
1140x725

काठमाडौं- कोरोना संक्रमितको उपचारका लागि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अव्यवहारिक भएको भन्दै आलोचना भएको छ। मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्न थालेको भन्दै सबै निजी, सामुदायिक र सरकारी स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने निर्णय गरेको थियो।

शुक्रबार सबै अस्पताललाई आफ्नो अस्पतालमा २० प्रतिशत बेड छुट्याउन र संक्रमित देखिए सोही अस्पतालमा व्यवस्थापन गर्न मन्त्रालयले सूचनासमेत जारी गरिसकेको छ। उपत्यकाभित्रका कुनै पनि अस्पतालमा संक्रमितलाई पठाउनु पर्ने अवस्था भएमा हब अस्पतालको समन्वयमा स्वास्थ्य मन्त्रालयबाट निर्देशन लिएर मात्रै गर्न पनि मन्त्रालयले सूचित गरेको छ।

सरकारको निर्देशनअनुसार कोभिडका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राखी उपचार गर्दा संक्रमण फैलने खतरा झन् बढ्ने भन्दै सो निर्णय सच्याउन चिकित्सक तथा सरोकारवालहरूले सुझाव दिएका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवम् मुटुरोग सर्जन डा भगवान कोइरालाले एउटै अस्पतालमा कोभिड र नन्-कोभिड बिरामीको उपचार गर्दा अस्पताल नै संक्रमणको स्रोत बन्न सक्ने जोखिम रहेको बताए।

‘एउटै अस्पतालमा दुवै खाले बिरामी राख्दा नन्-कोभिडका बिरामी डरले अस्पताल नआउने र अस्पताल नै नआइकन अन्य रोगका बिरामीको मृत्युदर बढ्ने खतरा हुन्छ,' उनले भने, 'सकेसम्म कोभिडका बिरामीको छुट्टै उपचार गर्ने व्यवस्था गरिनुपर्छ।’ मन्त्रालयले संक्रमणको सुरुवाती चरणमा कोभिडका लागि अस्पतालहरु सूचीकृत गरेको र सोहीअनुसार कोभिडका बिरामीको उपचार हुँदै आएको बताउँदै उनले भने, ‘अहिले किन यस्तो निर्णय गरिएको हो, यो निर्णय पुर्नविचार गर्नुपर्छ।’

संक्रमण रोग विशेषज्ञ डा अनुप बास्तोलाले सबै अस्पतालमा कोभिडका बिरामीको लागि २० प्रतिशत बेड छुट्याउने निर्णय अव्यवहारिक र अदूरदर्शी रहेको टिप्पणी गरे। ‘हामीले के बिर्सनु हुँदैन भने जति पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ ती कोभिडका लागि नछुट्याइएका अस्पतालका हुन्। त्यहाँ मिसमास भएको छ। त्यहाँ उचित सुरक्षाको पालना भएको छैन,' डा बास्तोलाले भने, 'कोभिडकै लागि तोकिएका अस्पतालका कर्मचारीलाई कम संक्रमण देखिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल चिकित्सक संघका अध्यक्ष एवम् फिजिसियन डा लोचन कार्कीले कोभिडका बिरामी र अन्य रोगका बिरामीका लागि छुट्टाछुट्टै अस्पताल तोकिनुपर्ने बताए। ‘यस्तो अव्यवहारिक सल्लाह मन्त्रालयलाई कसले दिन्छ थाहा छैन। कोभिडका लागि छुट्टै अस्पताल तोकिनुपर्छ,' डा कार्कीले भने, 'अन्य अस्पतालमा पनि कोभिडको जोमिखबाट बच्ने सुरक्षाका सामग्री उपलब्ध गराई सेवा दिने व्यवस्था गर्न जरुरी छ।’

निजी अस्पतालहरुले पनि कोरोना संक्रमितको उपचारका लागि सरकारको यो निर्णय व्यवहारिक नभएको बताएका छन्। निजी अस्पतालहरुको छाता संगठन अफिमका महासचिव हेमराज दाहाल सरकारले नीजि अस्पतालहरुसँग सल्लाह नै नगरी मन्त्रालयले सूचना जारी गरेको बताए।

‘हामीले संक्रमणको सुरुवाती दिनमा नै मौखिक र लिखित रुपमा सहकार्य गरेर महामारीसँग लडौं भनेकै छौँ। अहिले हामीसँग सल्लाह नै नगरी अवैज्ञानिक र अव्यवहारिक निर्णय गरिएको छ,’ महासचिव दाहालले भने। सबै निजी अस्पतालमा कोभिडका बिरामी राख्न नसकिने भन्दै कोभिड र नन्-कोभिडका बिरामीको उपचार छुट्टाछुट्टै गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

Xtrem
Xtrem

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी भने कोभिडका बिरामी बढिरहेकाले निजी अस्पतालालाई २० प्रतिशत छुट्याउन पत्र पठाइएको बताउँछन्। ‘पहिले हामीले कोभिड र नन्-कोभिडलाई अलग राखेर नै उपचार गर्ने गरेका थियौँ। तर पछिल्लो समय केसहरु बढेको छ,' सहप्रवक्ता डा अधिकारीले भने, 'बिरामी राख्ने ठाउँ नभएकाले अस्पताल प्रशासन, स्वास्थ्यकर्मी सबैलाई मानसिक रुपमा तयार हुनुपर्ने भएकाले यस्तो निर्णय गरिएका हो।’

विभिन्न मेडिकल कलेजले आफ्नो अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि प्रयोग गर्न सक्ने बताइरहेका बेला मन्त्रालय निजी अस्पतालाई २० प्रतिशत छुट्याउने निर्णय गरेको मन्त्रालयका एक बताए। ‘सरकारले मेडिकल कलेजका अस्पताल प्रयोग गर्न सक्ने विकल्प हुँदाहुँदै अहिले कोभिड र नन्-कोभिडलाई एकै स्थान उपचार गर्दा स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम वृद्धि हुने देखिन्छ,’ ती कर्मचारीले भने। 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित)
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा बुधबार, असोज २१, २०८३
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ? बुधबार, असोज २१, २०८३
पासाङ ल्हामु राजमार्ग, बेंसीसहर–खाङसार र बेनी–जोमसोम सडक अवरुद्ध बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्