• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
'प्रारब्धले होइन, विष्फोटले निलेको हो लिदीलाई'
64x64
नेपाल लाइभ शुक्रबार, साउन ३०, २०७७  १६:५४
1140x725

सिन्धुपाल्चाेक- गाउँमाथि पहाड छ र तल छ फलेफी हाइड्रोपावर। हाइड्रोले धमाधम सुरुङ खनिरहेको थियो। २६ मेघावाटको 'बलेफी-ए' निर्माण गर्न रातारात काम भइरहेको थियो। यही क्रममा कामदारहरूले सुरुङ खन्नका लागि विस्फोट गराए। उक्त विस्फोट यति शक्तिशाली थियो कि पाँच गाउँ जोखिमा परे।

नाम्फा, लिदी, झुल्के, निम्लुङ, सञ्चगाउँ र बैगाङका जमिनहरू चर्किए। बलेफीको विद्युत आयोजना निर्माणका लागि विस्फोट गराउँदा पाँच सय घर जोखिममा परे। त्यस लगत्तै गाउँभर त्रास फैलियो। गाउँलेहरू गाउँपालिका केन्द्रदेखि सदरमुकाम चौतारासम्म पुगे।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई भेटेर बस्ती स्थानान्तरण गरिदिन निवेदन दिए। साउन २३ गते उनीहरूले जिल्ला प्रशासनमा निवेदन दिएका थिए। निवेदन दिँदा छिटै स्थानान्तरण गर्न अध्ययन गरिने आश्वासन पाए। उक्त आश्वासनसँगै उनीहरू गाउँपालिका पुगेर केही थान पाल बोकेर बस्ती फर्किए।

उनीहरूले घर छेउमै पालको टहरोसमेत बनाए। केही दिन त उनीहरू उक्त पालमा बसे। तर स्थानान्तरण भएन। अन्य कुनै स्थानमा सार्ने कुरा पनि उनीहरूले सुनेनन्। लगातार परिरहेको पानी पनि केही रोकियो। बाध्य भएर उनीहरू फेरि घरमै बस्न फर्किए।

बिहीबार रातभर मुसलधारे पानी पर्‍याे। दुई-तीन दिन थामिएको पानी राती एकैपटक पर्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका बासिन्दाको उठिबास लाग्यो। यसरी पहिरोमा पर्ने मध्ये एक हुन्, आशाबहादुर दोङ। उनी रातभर पानी परेपछि निदाउनै सकेनन्। परिवारका सदस्यलाई सुत्न आश्वासन दिए पनि उनको मनमा संशय थियो।

‘गाउँमुनिका खेतका गह्रा पनि फुटेका छन्। बस्तीमाथि पनि धाँजा फाटेर मानिस छिर्न मिल्ने चिरा परेका छन्। कतै गाउँ सोहोर्ने त होइन?’ उनी यस्तो सोच्दै टोल्हाउँदै थिए। एक्कासी उनले भयंकर आवाज सुने। धाँजा फाटेकाे मुनिपट्टि सानो पहिरो चल्यो। उनी आवाज सुनिरहे, तर चिच्चाउन सकेनन्। उनले होस गुमाए।

'पहिरो जान थाल्यो' भनेर गाउँलेलाई सचेत गराउन पनि सकेनन्। ‘ठूलो आवाजका साथ पहिरो चलिहाल्यो। त्यसपछि के-के भयो। सम्झनै सक्दिनँ,’ दोङले भने, ‘दुई मिनेटमै गाउँलाई आधा छिमल्यो। डेढ सयभन्दा बढी घर रहेको झुरुप्प परेको बस्ती आधा पहिरोले निल्यो। विस्फोटकै कारण यति ठूलो पहिरो गयो।’

पहिरोले ३७ घरमा क्षति पुर्‍याएको छ। ३८ जना हराएकामध्ये चार जनाको शव फेला परिसकेको छ। पहिरोले पुरेका स्थानमा चलमलाउन छाडेका हातखुट्टा देखिइरहेकाले जीवितै भेटिने सम्भावना छैन।

Ncell 2
Ncell 2

‘हेर्दाहेर्दा गाउँ छोप्यो। मैले केही सोच्नै सकिनँ। भूकम्प जाँदा पनि यति अताल्लिएको थिएन,’ उपचारका लागि उद्धार गरेर चौतारा ल्याएका दोङले भने ‘म त ज्यान जोगाउन भागेछु। फर्किएर जाँदा सबै कुरा छोपिसकेको थियो।’

आशाबहादुरका अनुसार बस्तीको छेउछाउमा साना-ठूलो पहिरो चलेका थिए। बस्तीमाथि ठूल्ठूला धाँजा फाटेको थियो। बस्ती छेउको खोल्सोमा सङ्लो पानी बग्न छाडिसकेको थियो। वर्षायाम, रातविरात पहिरो आएर छोप्ला भन्ने भयले उनीहरूले जिल्ला विपत् व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका थिए।

‘हामीले पटक–पटक ध्यानकर्षण गराएका थियौं। गत साउन २३ गते त गाउँले सबै भेला भएर माइन्युट नै उठाएर बस्ती सार्न निवेदन पनि दिएका थियौं,’ उनले भने, ‘हाम्रो कुरा कसैले सुनेन। अनि हामीले परिवार र छिमेकी गुमाऔं।’

जिल्ला विपत्‌मा पटकपटक ताकेता गर्दा पनि सुनुवाई नभएपछि उनीहरूले गाउँपालिका पनि गुहारेका थिए। अस्थायी बसोबासका लागि गाउँपालिकाले त्रिपाल, पाल, प्लास्टिक आदि दिएको थियो। बिहानीपख आएको पहिरोले गाउँ नै क्षतविक्षत तुल्याएको छ। बम पड्किएजसरी विशाल आवाजका साथ आएको पहिरो गाउँको बीचबाट पस्दा ३६ जना बेपत्ता छन्।

तामाङ जाति बसोबास गर्ने लिदीभन्दा करिब १०० मिटरमाथि १५ दिन अगावै चर्किएको र धाँजा फाटेको थियो। त्यहीँ धाजा लिदीबासीका लागि काल बनेको छ।

गाउँपालिका उपाध्यक्ष भन्छिन्- घरमा नबस्नु भन्दै पाल दिएका थियौं
जुगल गाउँपालिकाकी अध्यक्ष सिर्जना तमाङले केही दिन पालमा बसेपछि केही हुँदैन भनेर घरमै सर्दा ठूलो मानवीय क्षति भाेग्नु परेको बताइन्।

केही दिनअघि गाउँपालिकाले उनीहरूलाई अस्थायी बसोबासका लागि पाल लगाएतका सामग्री सहयोग गरेको सम्झदै उनले भनिन्, ‘उहाँहरूले केही हुँदैन भनेर घरमै बस्दा ठूलो क्षति भएको छ।’ पहिल्यै चिरा परेको ठाउँमा सचेत हुन नसक्दा क्षति भएको उनको भनाइ छ।

सबैभन्दा बलियो मानिएको बस्तीलाई नै पहिराले निल्नुका दुईवटा कारण रहेको उनले देखेकी छन्। २०७२ सालको पहिरो अनि त्यहाँ हाइड्रोपावरका लागि सुरुङ खन्दा थप क्षति भएको हो। तत्काल सबै गाउँ सार्न सम्भव नदेखेपछि उनीहरूलाई पाल, त्रिपाल, प्लास्टिक आदि उपलब्ध गराएर बस्ती नबस्न सतर्क गराइएको उपप्रमुख सिर्जनाले बताइन्।

‘गाउँभन्दा केही वर सुरक्षितजस्तो ठाउँमा गाउँलेहरू बस्न थालेका थिए,' उपप्रमुख सिर्जनाले भनिन्, ‘जोखिममा रहेका घरहरूका मानिसहरू त्यहीँ बस्न थालेका थिए, तर केही दिनदेखि फेरि घरमै फर्कनु भएछ।’ केहीलाई भने रातिराति त्रिपालमा बस्ने र बिहान पख के होला र भन्दै बस्तुभाउ स्याहार्न, खोलेपानी गर्न जाँदा पहिरोले बगाएकाे उनले बताइन्।

‘केहीको हकमा हामीले दिएको त्रिपालमा राती मात्रै बस्नुहुँदो रहेछ। बिहानीपख घरमै फर्कंदा भवितव्य आइपर्‍यो,’ उनले भनिन्, ‘के गर्ने कसो गर्ने हामी नै अलपलमा परेका छौं।’

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
संघीय संरचना अब भत्काउनुपर्छ : उपेन्द्र यादव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्