काठमाडौं- नुवाकोटको पञ्चकन्या गाउँपालिकाले प्रवेशमा कडाइ गरेको छ। गाउँपालिकाको बैठकले पछिल्लो ३ दिनभित्रको पिसिआर नेगेटिभ भएको रिपोर्ट नभई पञ्चकन्या प्रवेश गर्न नपाइने निर्णय गरेको हो।
यसैगरी गाउँपालिका प्रवेशमा थप कडाइ गर्ने निर्णय भएको पनि प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताएका छन्। समुदायमा कोरोना संक्रमणको जोखिम बढ्न थालेसँगै गाउँपालिकाले प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो।
नुवाकोट जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको वडा नं ४ र ५ लाई जोखिमपूर्ण क्षेत्र मानेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।