भेन्टिलेटरसहितको बेड।
काठमाडौं- देशभरि कोरोना संक्रमितको उपचारको निमित्त ९ सय ४२ आइसियु र ४ सय ९६ भेन्टिलेटर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले सबैभन्दा बढी आइसियू र भेन्टिलेटर बागमती प्रदेशमा रहेको बताएका छन्। बाग्मती प्रदेशमा ६ सय ३० आइसियू र ३ सय ६१ भेन्टिलेटर रहेका छन्।
त्यस्तै गण्डकी प्रदेशमा १ सय ३७ आइसियू र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आइसियू र १७ भेन्टिलेटर, प्रदेश १ मा ४३ आइसियू र १९ भेन्टिलेटर भएको मन्त्रालयले जनाएको हो।
यस्तै कर्णाली प्रदेशमा ४० आइसियू र १७ भेन्टिलेटर, प्रदेश ५ मा २९ आइसियू र १३ भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा १८ आइसियू र १० भेन्टिलेटर छन्। कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै देशभर कति आइसियू र कति भेन्टिलेटर छन् भनी चासो व्यक्त हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।