काठमाडौं– बिद्यालयमा शुल्कबृद्धिको विरोधमा ५ बिद्यार्थी संगठनहरुले आन्दोलन गर्ने निर्णय गरेको छन्। मंगलबार बसेको उनीहरुको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।
अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल छैंठौं र नेपाल क्रान्तिकारी बिद्यार्थी संघले आन्दोलनको संयुक्त आन्दोलन घोषणा गरेका हुन्। उनीहरुले बुधबार शिक्षा मन्त्रालयमा धर्ना दिने र १४ गते दबाबका लागि स्थानीय तहमा शुल्कबृद्धिको विरोधमा धर्ना दिने जनाएका छन्।
आगामी बजेटमा शिक्षालाई २० प्रतिशत बजेट छुट्याउनुपर्ने, शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिनुपर्ने लगायत माग सरकारसँग राख्ने निर्णय समेत भएको अनेरास्ववियुका कार्यबहाक अध्यक्ष महेश बर्ताैलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।