काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा स्थगित भएको छ। रजिस्ट्रार तिलक शर्माका अनुसार भदौ १ गतेबाट सुरु हुने परीक्षा स्थगित गरिएको हो।
'सरकारले संक्रमणको जोखिम बढेको भन्दै सचेत हुन आग्रह गरिरहेको छ। यस्तो अवस्थामा परीक्षा संचालन गर्दा थप जोखिम हुने भएकाले स्थगित भएको हो,' रजिस्टर शर्माले भने, 'अर्को सूचना जारी नहुन्जेलसम्म सबै परीक्षा स्थगित गरेका छौं।'
परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठले निकालेको विज्ञप्तिमा भदौ १ देखि हुने परीक्षा स्थगित गरिएको जानकारी दिइएको छ। यसअघि विद्यार्थीले परीक्षा रोक्न आग्रह गरेका थिए। तर विश्वविद्यालय भने जसरी पनि परीक्षा संचालन गर्ने बताउँदै आएको थियो।
परीक्षा संचालनसम्बन्धी अर्को सूचना जारी गरी जानकारी गराइने विश्वविद्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।