काठमाडौं- सर्वोच्च अदालतका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि दुई न्यायाधीश आइसोलेसनमा बसेका छन्। न्यायाधीशहरू इश्वर खतिवडा र हरि फुयाँल आइसोलेसनमा बसेका हुन्।
साउन २२ गते सर्वोच्चका एक जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो।
ती सुरक्षाकर्मीलाई संक्रमण भएपछि सावधानी अपनाउँदै आफूहरू आइसोलेसनमा गएको उनीहरूले जानकारी दिएका छन्। तर न्यायाधीहरुमा कुनै पनि लक्षण नदेखिएको जानकारी दिएका छन्।
उनीहरु स्वास्थ्य मन्त्रालयको सम्पर्कमा आइसोलेसनमा रहेको जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।