काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चुनाव खर्च बढ्दा त्यसमा अनियमितता लगायत बेथिति बढेको चिन्ता व्यक्त गरेका छन्। यसमा सुधार ल्याउन जनप्रतिनिधिहरुले बहस चलाउनुपर्ने उनको भनाई छ।
प्रदेश नम्बर ३ अन्तर्गतका स्थानीय तहका प्रमुख, उप प्रमुख तथा प्रशासकीय प्रमुखहरुको सहभागिता रहेको गोष्ठी समापनमा बोल्दै उनले यस्तो बताएका छन्। चुनावी प्रणालीमा सुधार ल्याउन सकेमा 8मा रहेको बढ्दो बेथिती रोकिने उनको भनाई छ।
कार्यक्रममाले उनले आयोग आफूलाई सुम्पेको जिम्मेवारीबाट कत्ति पनि विचलित नभई काम गर्ने स्पष्ट पार्दै 8मा हुने सार्वजनिक स्रोत साधनको दुरुपयोगका कुनै पनि कार्य रोक्न आयोग तयार रहेको बाताए।
घिमिरेले मुलुकमा सुशासन कायम गर्ने विषयमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताउदै यस विषयमा आयोग हातेमालो गरेर अघि बढ्न तयार रहेको जानकारी दिए।
आयुक्त राजनारायण पाठकले विकास निर्माण कार्यमा ढिला सुस्ती हुन नदिन जनप्रतिनिधिहरु समेत चनाखो हुनुपर्ने बताउदै एकै व्यक्तिले धेरै कामको जिम्मा लिने परिपाटीमा सुधार ल्याउन सुझाव दिए।
गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, सह सचिवद्धय कालीप्रसाद पराजुली र दीर्घराज मैनाली तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र सहसचिव सुरेश अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन सम्वन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
आयोगको अगुवाइमा देशका सातै प्रदेशमा यस किसिमको अन्तक्र्रिया गोष्ठी सञ्चालन हुन लागेको हो । प्रदेश नं. १ को विराटनगर र प्रदेश नं. २ को वीरगञ्ज र जनकपुरमा यस किसिमको गोष्ठी सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।