काठमाडौं- ठेला गाडीबाट सामान बिक्री गर्नेहरूबाट संक्रमण जोखिम बढ्ने आशंका भएकाले ओहोरदोहोर गरी व्यापार गर्न रोक लगाउने सरकारले निर्णय गरेको छ।
ठेला गाडी ओहोरदोहोर गर्दा जोखिम बढेकाले रोक लगाउनु परेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै खतिवडाले एक ठाउँबाट अर्को ठाउँमा हिड्दा जोखिम बढेको भन्दै यस्ता व्यापारमा रोक लगाउने निर्णय भएको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।