काठमाडौं- नेपाल सरकारले सार्वजनिक सेवा प्रवाह गर्ने सम्पूर्ण निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई बोलाएर कार्यसम्पादन गर्न निर्देशन दिएको छ। सरकारले बैंक वित्तिय संस्था तथा सहकारी संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्क भई सेवा प्रवाह गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो।
कार्यसम्पादनका लागि बढीमा ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यालय आउने गरी व्यवस्था मिलाउनु पर्नेछ। बाँकी कर्मचारीहरुलाई पनि सुरक्षित रुपमा घरबाटै कार्यसम्पादन गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेछ। सरकारले वर्क फ्रम होमको अवधारणालाई पालना गर्न निर्देशन दिएको हो।
सार्वजनिक सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था तथा सरकारी निकायका कर्मचारीहरुलाई नै कोरोना संक्रमण देखिन थालेपछि सरकारले भिडभाड कम गर्न तथा सुरक्षित रुपमा कार्यासम्पादन गर्न उक्त निर्देशन जारी गरेको हो।
नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई वर्क फ्रम होमको अवधारणा अनुसार काम गर्न निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।