काठमाडौं- सरकारले होटल तथा रेस्टुरेन्टमा बसेर खान नपाइने तर अन्यत्रै पुर्याउनका लागि रेस्टुरेन्टमा तयार पार्न भने पाउने नियम लागू गरेको छ।
साउन १५ देखि रेस्टुरेन्टमा बसेर खान पाइने जनाएको भएपनि पछिल्लो समय संक्रमण बढेको भन्दै अन्यत्रै पुर्याउने सेवा मात्र संचालन गर्न दिने निर्णय सरकारले गरेको हो।
‘होटल र रेस्टुरेन्टबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ,’ मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले भने।
मास्क नलगाउने र भिडभाड बढेपछि रेस्टुरेन्टमा बसेर खान नपाउने निर्णय गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।