कोरोना संक्रमितको मृत्युपछि अन्तिम संस्कारको तयारी गरिँदै। फाइल तस्बिर
काठमाडौं- नेपालमा हालसम्म ८३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ८३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।
आइतबार थप ४ जना संक्रमितको मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको हो।
पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्। हालसम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ।
हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।