• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका १२ नेताको उद्घोष : नेतृत्व लिन तयार छौं

64x64
नेपाल लाइभ मंगलबार, साउन २७, २०७७  १५:४२
1140x725

काठमाडौं- नेपाली कांग्रेसका युवा पुस्ताका १२ नेताले पार्टीलाई सही दिशा प्रदान गर्न नेतृत्व लिन तयार रहेको जनाएका छन्। समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै पार्टीप्रति उठेका प्रश्नको जवाफ दिन युवा पुस्ता तयार रहेको उनीहरुले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ।

कांग्रेसले प्राप्त गरेको ऐतिहासिक बिरासत-गौरवलाई जोगाउन र थाम्न असमर्थ भएको उनीहरुले टिप्पणी गरेका छन्। कांग्रेसप्रति नेपाली जनताको भरोसा कमजोर हुँदै गएको १२ नेताले आत्ममूल्यांकन गरेका छन्। पार्टीको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख भएको विज्ञप्तिमार्फत् जनाएका छन्।

प्रातः स्मरणीय नेताहरुले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्वबाट पार्टी विमुख भएको नेताहरुले संयुक्त विज्ञप्तिमा जनाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

पार्टीले लोकतन्त्रको विधिसंवत् बाटो छाडेर आफ्नो र गुटको छुद्र स्वार्थमा केन्द्रित हुन थालेको नेताहरुको निष्कर्ष छ। पार्टीको पहिचान र परम्पराको सट्टा अराजकतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। आत्मसमीक्षा गरेर पार्टीले जिम्मेवारी लिनुपर्ने नेताहरुको राय छ। नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको उल्लेख गर्दै सिंगो पुस्ता तनावग्रस्त भई विरक्तिएकाे प्रति चिन्ता व्यक्त गरिएको छ। समकालीन राजनीतिप्रति युवापुस्ताको घृणाभाव झल्किएको युवापुस्ताका नेताले जनाएका छन्।

सभापति शेरबहादुर देउवाले महाधिवेशनको नजिकमा गठन गरेका विभागको खारेज गर्न माग गरिएको छ। ‘पार्टीका सबै तहको  मिति तोकिसके पश्चात् विभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो। तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ र गठन गरिएका औचित्यहीन विभागहरु खारेज गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

महाधिवेशन समयमा सफल बनाउन सबैभन्दा बढी सभापतिकै ठोस र सकारात्मक पहलकदमी हुनुपर्ने उनीहरुले जनाएका छन्। विज्ञप्ति प्रकाशित गर्नेहरुमा केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव र किरण यादव छन्।

१२ युवा पुस्ताका नेताले सार्वजनिक गरेको संयुक्त विज्ञप्ति
प्रेस विज्ञप्ति
२०७७ साउन २७
नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ। विधानतः चार वर्षको कार्यकाल भित्र महाधिवेशन सम्पन्न हुन नसक्ने बिशेष परिस्थिती देखिएमा मात्र उपयोग गर्न पाइने एक बर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ। निर्धारण गरिएको समय द्दण्ठठ फागुन भित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नु पर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ।
यस्तो समयमा पार्टी भित्रको आन्तरिक एकता लाई सुदृढ तुल्याउँदै पार्टी नेता बिच,नेता कार्यकर्ता बिच र पुरानो पुस्ता एवं नयाँ पुस्ताका बिचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनु पर्ने दायित्व हामी सबैको हो। यद्दपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ। पार्टी भित्र देखिएका बिवाद र आपसी तिक्ततालाई समाप्त गरि साथिहरुका बिचमा भावनात्मक एकता कायम गरि महाधिवेशनलाई हौसला पूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिका भित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।
इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुदैछ। संसारभरि अस्विकृत अलोकतान्त्रिक बिचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ। नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ। साच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भई बिरक्तिएर बसेको छ र समकालिन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ।यस महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउदै उत्पन्न तनाव,बिरक्ती र घृणा भावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको छ। यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ।
यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथिहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ।तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐतिहासिक बिरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं। हामी प्रतिको नेपाली जनताको भरोसा कमजोर हुदै गएको छ। पार्टिको गौरवपूर्ण छवि ,व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदैछ।हाम्रा प्रातः स्मरणीय नेताहरुले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ। हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौं।र हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएका छौं। यसको जिम्मेदारी ले लिनु पर्दछ।
अहिले आएर सभापति ज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ। पार्टी सभापति विधानको संरक्षक,पालक र कार्यान्वयनकर्ता पनि हो। कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ।कस्तो कांग्रेस बनाउने,विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो। सभापति व्यक्ति होइन, संस्था हो। उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहनदिएर कांग्रेसको इतिहास,बिरासत , परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा छैन। अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथिहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन।आफ्ना समकालीन साथिहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिड्ने सहुलियत पनि छैन। यसबाट गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ।

हामी यतिबेला पार्टिको बाह्रौं महाधिवेशन पश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टिका विभागहरु गठन गर्दा बर्तमान पार्टी सभापति ज्युले राख्नु भएको तर्क रअसहमतिलाई स्मरण गरिरहेका छौं। पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा बर्तमान सभापति ज्यु कै असहमति र बिरोधका कारण तत्कालिन निर्णय फिर्ता लिइयो अर्थात्  कार्यान्वयन गरिएन। अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक र उपयुक्त हुन सक्छन्? महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनु पर्ने विभाग गठनको काम तत्काल किन भएन? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष , विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र? हामीले बनाएका बिभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो?यस कार्यबाट महाधिवेशनको निष्पक्षता मा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको  मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो। तसर्थ बिभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ।यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।यस बिषयमा स्पष्ट हुनका लागि देशभरका साथिहरुलाई आग्रह समेत गर्दछौं। साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफ सहित  राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं।  
जय नेपाल
डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादव

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका
रमेश लेखकलाई २ दिन म्याद थप
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने
सम्बन्धित सामग्री
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम... बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप प्रहरीले १० दिन म्याद थपको अनुमति मागेकोमा अदालतले २ दिनमात्र दिएको हो । बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने प्रहरीले भने १० दिन म्याद थपको अनुमति मागेको थियो । ओली अस्वस्थ रहेको र २४ घण्टा चिकित्सकको निगरानीमा रहनुपर्ने भएपछि शिक्षण अस्पताल... बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने बिहीबार, चैत १९, २०८२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, चैत १९, २०८२
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्