काठमाडौं–प्रहरीले टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्याका आरोपीलाई सार्वजनिक गरेको छ।
हत्या आरोपमा पक्राउ परेकी चितवनकाे कालिका नगरपालिका ७ घर हुने कल्पना मुडभरी (पौडेल) लाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हाे। उनलाई प्रहरीले कालिका नगरपालिका ९ शक्तिखोरस्थित माइतीबाट पक्राउ गरेको थियो।
उनले केही टेलिश्रृंखलामा अभिनयसमेत गरेको प्रहरीले जनाएको छ। उनीसँगै पक्राउ परेकी १५ वर्षीया किशोरी भने १० कक्षामा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।
यही साउन २५ गते टोखा नगरपालिका १० नवज्योतिमार्ग गोंगबुमा हत्या गरेर फालिएको अवस्थामा शव बरामद भएको थियो। टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए। उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको थियो।
प्रहरीले आरोपीबाट बरामद गरेका सामानसमेत सार्वजनिक गरेको छ।
बरामद सामानहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।