चितवन- नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा जुधेका थिए।
घाइतेमध्ये पाँच जनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।