काठमाडौं- देशभर ९३ जना कोरोना संक्रमितको उपचार विभिन्न अस्पतालका आइसियू र भेन्टिलेटरमा भइरहेको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा बाहेक अन्य प्रदेशमा ९३ जना संक्रमित आइसियू र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ जना संक्रमित भेन्टिलेटरमा र ९१ जना आइसियूमा रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा रहेको छ। प्रदेश २ मा ५४ जना रहेका छन्।
त्यसैगरी बागमती प्रदेशमा २९ संक्रमित आइसियूमा र २ जना भेन्टिलेटरमा, प्रदेश ५ मा ६ जना र सबैभन्दा थोरै प्रदेश १ मा २ जना संक्रमितको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।