काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १६ हजार ४९३ उपचारपछि निको भएका छन्। हालसम्म ७० दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ।
हाल देशभर ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। सोमबारसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।