काठमाडौं–कोरोना संक्रमण बढ्दै गएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। सोमबार मन्त्रालयमा स्वाब संकलन गरिएको हो।
संक्रमण बढ्दै गएको भन्दै सिंहदरबार प्रवेशमा पनि कडाइ गरिएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले काठमाडौं उपत्यकामा विभिन्न निकाय तथा स्थानमा स्वाब संकलन गर्दै आएको छ।
सरकारले उपत्यकामा संक्रमण दर बढेको भन्दै जोरबिजोर प्रणालीसमेत लागू गरेको छ।
हाल काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११३६ पुगेको छ। आइतबारमात्रै उपत्यकामा ९२ कोरोना संक्रमित थपिएका थिए। जसमा काठमाडौंमा ९० र ललितपुरमा २ जना छन्।
सोमबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि काेराेना परीक्षणका लागि स्वाब संकलन गरिएकाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।