काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग विस्तार गरेका छन्। उनले कांग्रेस विधानको धारा २५ (९) अनुसार केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन्।
गोपालमान श्रेष्ठ प्रमुख रहेको संगठन विभागमा झापाका विनकुमार विश्वकर्मालाई सचिवमा मनोनयन गरिएको छ भने अजयकुमार चौरसिया नेतृत्वको तराई-मधेश समन्वय विभागमा सप्तरीका श्रीप्रसाद राउतलाई उपप्रमुख चयन गरिएको छ।
यस्तै, वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, संघीय मामिला तथा प्रदेश समन्वय विभाग, मुस्लिम विभाग प्रमुख, स्थानीय तह समन्वय विभाग, निर्माण व्यवसायी समन्वय विभाग पनि विस्तार गरिएकाे छ। शंकर भण्डारी नेतृत्वको तरुण विभागको सचिवमा श्यामप्रसाद श्रेष्ठलाई चयन गरिएको छ भने मोहनबहादुर बस्नेत नेतृत्वको खेलकुद विभागको उपप्रमुखमा मोहनकुमार राई चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।