ललितपुर– ललितपुरमा विपरित दिशाबाट आउँदै गरेका २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन्।
दुर्घटना ललितपुरको महालक्ष्मी चोकमा आज बिहान पौने ४ बजे भएको ललितपुर प्रहरीले जनाएको छ।
एकान्तकुनातर्फ जाँदै गरेको बा७६प ७८६२ र महालक्ष्मीबाट लगनखेलतर्फ आउँदै गरेको बा४५प ३३५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परि ७८६२ नम्बरको मोटरसाइकल चालक काठमाडौं मुलपानी बस्ने मोरङका २५ वर्षीय पारस श्रेष्ठ, सोही मोटरसाइकल पछाडी सवार २३ वर्षीया कोपिला श्रेष्ठ र ३३५४ नम्बरको मोटरसाइकल चालक ललितपुर चापागाँउका ३५ वर्षीय श्याम घिमिरे घाइते भएका हुन्।
घाइते तीनै जनाको वयाेधा अस्पताल बल्खुमा उपचार भैरहेको छ। घाइतेमध्ये कोपिला र श्यामको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ।
दुर्घटनामा परेका दुवै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।