काठमाडौं- विशेष अदालतले एक साताका लागि पेसी स्थगित गरेकाे छ। काेराेना संक्रमण बढिरहेकाे र मुद्दाकाे सुनुवाइका लागी सबैले पिसिआर रिपाेर्ट ल्याउन नस्कने भन्दै अदालते एक साता मुद्दाकाे पेसी नचढाउने निर्णय गरेकाे विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए।
विशेषमा भ्रष्टाचार र सम्पति शुद्धीकरणका मुद्दा सुनुवाई गर्ने गरिन्छ। पेसी स्थगित गरिएपनि म्याद थप, बयान र अन्य काम भने जारी रहने पाण्डेले बताए।
यसअघि विशेषले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग र सम्पत्ति शुद्धीकरण विभागलाई पिसिआरसहित उपस्थित गराइदिन पत्र लेखेकाे थियाे।
सरकारी निकायवाट पिसिआर रिपाेट आउने तर कानुन व्यवसायी र पक्षका मानिसमा समस्या हुने देखिएपछि विशेषले पेसी एक साताका लागि स्थगित गरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।