काठमाडौं- स्वास्थ्य तथा जनसख्या मन्त्रालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई संक्रमण देखिएको यो पहिलो पटक हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुरमा अधिकारीले तीन कर्मचारीलाई संक्रमण देखिएको बताए।
एक चालक र २ कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको हाे।
शुक्रबार मन्त्रालयमा ८१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तीमध्ये ३ जनाकाे रिपाेर्ट पाेजिटिभ देखिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।