काठमाडौं- अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ९ अर्ब १६ करोड रुपैयाँ निकासा दिएको छ।
निकासा रकमान्तर तथा वित्तीय हस्तान्तरणमार्फत यो रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। अर्थ मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका लागि ७ अर्ब १३ करोड रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ।
यसैगरी कोरोना कोषबाट निकासाका लागि ६६ करोड रुपैयाँ सिफारिस गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ। यसैगरी औषधिजन्य सामग्री खरिदका लागि स्रोत व्यवस्थापन १ अर्ब ३७ करोड रुपैयाँको सहमति दिइएको पनि अर्थले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।