काठमाडौं- कोभिड-१९ को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई १० ‘आइसियू भेन्टिलेटर’ प्रदान गरेको छ। नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा पुगेर प्रदान गरेका हुन्।
मानवीय सहायता तथा राहतका लागि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ। दुई देशका सेनाबीचको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको भारतीय राजदूतावासले जनाएको छ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड-१९ विरुद्धको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्ध रहेको बताए। प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।