• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
पतिद्वारा नाक काटिएकी एक अफगान महिलाको कथा
64x64
नेपाल लाइभ आइतबार, साउन २५, २०७७  १०:०६
1140x725

एजेन्सी–जर्काका पति पत्नीप्रति हरेक कुरामा शंका गरिरहन्थे। विभिन्न आरोप लगाउँदै पिट्थे। जर्काले यस्ता हिंसा नसहेको दिनै हुँदैनथ्यो। 

एक दिन पतिले उनको नाक काटिदिए र रगतपच्छे बनेर लडिरहेका बेला त्यत्तिकै छाडेर हिँडे।

खैरकोट जिल्ला, उनको घर। यो ठाउँ राजधानी काबुलदेखि २५० किलोमिटर दक्षिण पाकिस्तानको सीमामा पर्छ। उनको गाउँ तालिबानको नियन्त्रणमा छ। 

उनले स्थानीय तालिबान नेताहरुसँग उपचारका लागि काबुल जान अनुमति मागिन्। उनीहरुले स्वीकृति दिए। 

त्यो बेला डा जलमई खान अहमदजई कोरोना भाइरसबाट संघर्ष गर्दै थिए र कोरोनाबाटै उनको पत्नीको ज्यान गएको थियो। पत्नीको अन्तिम संस्कार गरेर फर्कनेबित्तिकै उनले जर्कालाई भेटे। ‘जब उनी मकहाँ आइन्, अवस्था निकै  जटिल थियो, नाकमा  नराम्ररी संक्रमण फैलिइसकेको थियो।’

त्यसपछि उनले जर्कालाई एन्टिसेप्टिक र पेनकिलर थिए। जर्काको शरीरमा रगतको कमी थियो, त्यसका लागि मल्टीभिटामिन दिए। 

  ५ हप्तापछि जर्का काबुल फर्किइन् र २१ जुलाईमा उनको अपरेशन भयो।

Ncell 2
Ncell 2

अपरेशन गर्न ३ घण्टा लाग्यो। उनको अपरेशनमा चर्चित कस्मेटिक सर्जन डा जलमई संलग्न थिए, जसले आफन्त तथा परिवारबाटै रुप बिगारिएका दर्जनौं महिलाको उपचार गरिसकेका छन्।

१० हप्तासम्म पीडा सहेपछि जर्कामा आशाको किरण देखियो। अपरेशनपछि जब उनको नाकको पट्टी खोलियो उनी निकै खुसी भइन्। डाक्टरसँग उनले भनिन्, ‘म निकै खुसी छु, मेरो नाक मैले फिर्ता पाएँ।’ जर्काले ऐनामा देखिन्–उनको नाक शल्यक्रियाका क्रममा राखिएका टाँका र सुकिसकेको रगतले भरिएका थिए।

८७ प्रतिशत महिला घरेलु हिंसाको शिकार

अफगानिस्तानमा महिलाविरुद्धका घरेलु हिंसा सामान्यझैं देखिन्छन्। राष्ट्रसंघीय जनसंख्या कोषको एक सर्वेक्षणका अनुसार ८७ प्रतिशत अफगानी महिला शारीरिक, यौन या मनोवैज्ञानिकमध्ये कुनै एक हिंसा सहन बाध्य छन्। 

जर्कामाथि पनि यही भएको थियो। पतिले चक्कुले उनको नाक काटिदिएका थिए।

१० वर्षअघि बिहे गरेका जर्काको ६ वर्षका छोरा छन्।

‘पतिले जहिले पनि मलाई अनैतिक भन्थे, तर म त्यस्तो होइन,’बिबिसीसँग जर्काले भनिन्। उनका २८ वर्षीय पतिले जहिले पनि पिट्थे। तर यस्तोसम्म गर्लान् भन्ने उनले सोचेकी पनि थिइनन्।

साटफेर विवाह

उनको बिहे निकै कम उमेरमा भएको थियो। उनलाई थाहा छैन, बिहेका लागि उनलाई सोधिएको थियो या थिएन।

वर्षौंपछि उनलाई थाहा भयो, उनका काकाले सम्झौताको बिहे गराइदिएका थिए, जसले उनका पतिका एक दिदीसँग बिहे गरेका थिए।

भन्छिन्, ‘मेरा काकाले केटी बिहे गरेवापतको मूल्य तिर्न सक्दैनथे, त्यसैले त्यही परिवारमा मेरो बिहे गरिदिए।’
अफगानिस्तानमा दुलाहाका परिवारसँग पैसा लिएर छोरीको बिहे गरिदिने चलन छ। यो काम अवैध भए पनि धेरै अफगानी समाजमा यो परम्पराका रुपमा नै चलिसकेको छ। 

बिहेपछि जर्काले थाहा पाइन्, उनका पति आफ्ना सबै बहिनीलाई कुटपिट गर्थे। बिहेको एक वर्षपछि नै जर्काका पति अर्र्कै केटीसँग बिहे गर्न चाहन्थे।

तर उनका पति अर्को बिहे गर्न आँटेकी युवतीका परिवारलाई दिने पैसा जुटाउन सकेका थिएनन्। त्यसबाट निराश उनले आफ्नो रिस जर्कामाथि पोख्दै आएका थिए। कुन दिन ज्यानै जान सक्छ भनेर उनी डराउन थालेकी थिइन्।

गत मे महिनामा उनी भागेर बाबुआमाकहाँ पुगिन् र पतिसँग मुक्त गराउन आग्रह  गरिन्।

माइत जानुअघि उनले पतिलाई सोधेकी थिइनन्। यस्तैमा उनका पति माइतमै पुगे। 

जर्का भन्छिन्, ‘एक रात म घरबाहिर थिएँ, उनी बिहान मेरो माइती आइपुगेका थिए, उनीसँग एउटा ठूलो चक्कु थियो, उनले मेरो बासँग मलाई घर पठाउन आग्रह गरे, तर बा र काकाका छोराहरुले मेरो सुरक्षाको ग्यारेन्टी नभएसम्म घर पठाउन्नौं भने। 

अन्त्यमा उनले त्यसो पनि गरे।

तर जब उनी घर फर्किइन्, उनीमाथिको ज्यादति झन् बढ्यो।

उनी भन्छिन्, ‘पतिले मलाई फेरि पिटे, चक्कु उज्याउँदै मलाई लखेटे, म एक छिमेकीकहाँ गएर लुके, त्यसदिन न बँचे, तर त्यो स्थायी समाधान थिएन।’

त्यसपछि पतिले उनलाई सम्झाउँदै माइत लगिदिने बताए।

तर त्यो षडयन्त्र थियो। उनले जर्कालाई अर्कै घर पुर्‍याए। त्यहाँ लगेर घिसार्दै बगैंचामा लगे। त्यो बेला उनका पतिसँग राइफल पनि थियो। ‘उनले मलाई समाते, खल्तीबाट चक्कु निकाले र मेरो नाक काटिदिए,’जर्काले त्यो दिन सम्झिइन्।
पतिले नसोधी माइत गएकाले नाक काटिदिएको बताए।

अनि पति उनलाई रगतपच्छे अवस्थामा छाडेर हिडें। 

‘मलाई असह्य पीडा भएको थियो, रगतको धारा बगिरहेको थियो, सास फेर्न सकेको थिइनँ,’ उनले भनिन्। उनको रुवाई सुनेर एक छिमेकीले उनको काटिएको नाकको एक भाग खोजिन्। तत्काल स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइयो। तर त्यहाँ काटिएको भाग जोडन् सम्भव भएन।

पछि उनका पिता र आफन्तले उनका पतिसँग बदला लिन चाहेका थिए, तर पतिलाई फेला पार्न सकेनन्। उनका पिता र काकाले उनका लागि सुरक्षा जिम्मा दिइएका व्यक्तिको घरमा फाइरिङ पनि गरे। 

जर्काको उपचार सुरुमा स्थानीय स्तरमा गर्ने प्रयास भयो। तर सफल भएन। जब उनको रक्तरन्जित अनुहार भाइरल भयो, कस्मेटिक सर्जन डा जलमईले उनको उपचारको जिम्मा लिने बताउँदै काबुल बोलाए। 

जर्का अब आफ्नो रुप बिस्तारै पहिलेको अवस्थामा आउने आशामा छिन्। 

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई
सम्बन्धित सामग्री
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद गत आइतबारदेखि कतारको राजधानी दोहामा दुवै पक्षका प्रतिनिधिहरूबीच २१ महिनादेखिको युद्धमा अस्थायी विराम ल्याउने उद्देश्यले छलफल भइरहेको... शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु तर शुक्रबार बिहान १ बजे गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको थियो। प्रत्यक्षदर्शीका अनुसार, विस्फोट गुम्बामाथि खस्दा त्यहाँ रहेका धे... शनिबार, असार २८, २०८२
गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग... शनिबार, असार २८, २०८२
ताजा समाचारसबै
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे शनिबार, असार २८, २०८२
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, असार २८, २०८२
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्