• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पतिद्वारा नाक काटिएकी एक अफगान महिलाको कथा

64x64
नेपाल लाइभ आइतबार, साउन २५, २०७७  १०:०६
1140x725

एजेन्सी–जर्काका पति पत्नीप्रति हरेक कुरामा शंका गरिरहन्थे। विभिन्न आरोप लगाउँदै पिट्थे। जर्काले यस्ता हिंसा नसहेको दिनै हुँदैनथ्यो। 

एक दिन पतिले उनको नाक काटिदिए र रगतपच्छे बनेर लडिरहेका बेला त्यत्तिकै छाडेर हिँडे।

खैरकोट जिल्ला, उनको घर। यो ठाउँ राजधानी काबुलदेखि २५० किलोमिटर दक्षिण पाकिस्तानको सीमामा पर्छ। उनको गाउँ तालिबानको नियन्त्रणमा छ। 

उनले स्थानीय तालिबान नेताहरुसँग उपचारका लागि काबुल जान अनुमति मागिन्। उनीहरुले स्वीकृति दिए। 

त्यो बेला डा जलमई खान अहमदजई कोरोना भाइरसबाट संघर्ष गर्दै थिए र कोरोनाबाटै उनको पत्नीको ज्यान गएको थियो। पत्नीको अन्तिम संस्कार गरेर फर्कनेबित्तिकै उनले जर्कालाई भेटे। ‘जब उनी मकहाँ आइन्, अवस्था निकै  जटिल थियो, नाकमा  नराम्ररी संक्रमण फैलिइसकेको थियो।’

त्यसपछि उनले जर्कालाई एन्टिसेप्टिक र पेनकिलर थिए। जर्काको शरीरमा रगतको कमी थियो, त्यसका लागि मल्टीभिटामिन दिए। 

  ५ हप्तापछि जर्का काबुल फर्किइन् र २१ जुलाईमा उनको अपरेशन भयो।

Ncell 2
Ncell 2
nimb
nimb

अपरेशन गर्न ३ घण्टा लाग्यो। उनको अपरेशनमा चर्चित कस्मेटिक सर्जन डा जलमई संलग्न थिए, जसले आफन्त तथा परिवारबाटै रुप बिगारिएका दर्जनौं महिलाको उपचार गरिसकेका छन्।

१० हप्तासम्म पीडा सहेपछि जर्कामा आशाको किरण देखियो। अपरेशनपछि जब उनको नाकको पट्टी खोलियो उनी निकै खुसी भइन्। डाक्टरसँग उनले भनिन्, ‘म निकै खुसी छु, मेरो नाक मैले फिर्ता पाएँ।’ जर्काले ऐनामा देखिन्–उनको नाक शल्यक्रियाका क्रममा राखिएका टाँका र सुकिसकेको रगतले भरिएका थिए।

८७ प्रतिशत महिला घरेलु हिंसाको शिकार

अफगानिस्तानमा महिलाविरुद्धका घरेलु हिंसा सामान्यझैं देखिन्छन्। राष्ट्रसंघीय जनसंख्या कोषको एक सर्वेक्षणका अनुसार ८७ प्रतिशत अफगानी महिला शारीरिक, यौन या मनोवैज्ञानिकमध्ये कुनै एक हिंसा सहन बाध्य छन्। 

जर्कामाथि पनि यही भएको थियो। पतिले चक्कुले उनको नाक काटिदिएका थिए।

१० वर्षअघि बिहे गरेका जर्काको ६ वर्षका छोरा छन्।

‘पतिले जहिले पनि मलाई अनैतिक भन्थे, तर म त्यस्तो होइन,’बिबिसीसँग जर्काले भनिन्। उनका २८ वर्षीय पतिले जहिले पनि पिट्थे। तर यस्तोसम्म गर्लान् भन्ने उनले सोचेकी पनि थिइनन्।

साटफेर विवाह

उनको बिहे निकै कम उमेरमा भएको थियो। उनलाई थाहा छैन, बिहेका लागि उनलाई सोधिएको थियो या थिएन।

वर्षौंपछि उनलाई थाहा भयो, उनका काकाले सम्झौताको बिहे गराइदिएका थिए, जसले उनका पतिका एक दिदीसँग बिहे गरेका थिए।

भन्छिन्, ‘मेरा काकाले केटी बिहे गरेवापतको मूल्य तिर्न सक्दैनथे, त्यसैले त्यही परिवारमा मेरो बिहे गरिदिए।’
अफगानिस्तानमा दुलाहाका परिवारसँग पैसा लिएर छोरीको बिहे गरिदिने चलन छ। यो काम अवैध भए पनि धेरै अफगानी समाजमा यो परम्पराका रुपमा नै चलिसकेको छ। 

बिहेपछि जर्काले थाहा पाइन्, उनका पति आफ्ना सबै बहिनीलाई कुटपिट गर्थे। बिहेको एक वर्षपछि नै जर्काका पति अर्र्कै केटीसँग बिहे गर्न चाहन्थे।

तर उनका पति अर्को बिहे गर्न आँटेकी युवतीका परिवारलाई दिने पैसा जुटाउन सकेका थिएनन्। त्यसबाट निराश उनले आफ्नो रिस जर्कामाथि पोख्दै आएका थिए। कुन दिन ज्यानै जान सक्छ भनेर उनी डराउन थालेकी थिइन्।

गत मे महिनामा उनी भागेर बाबुआमाकहाँ पुगिन् र पतिसँग मुक्त गराउन आग्रह  गरिन्।

माइत जानुअघि उनले पतिलाई सोधेकी थिइनन्। यस्तैमा उनका पति माइतमै पुगे। 

जर्का भन्छिन्, ‘एक रात म घरबाहिर थिएँ, उनी बिहान मेरो माइती आइपुगेका थिए, उनीसँग एउटा ठूलो चक्कु थियो, उनले मेरो बासँग मलाई घर पठाउन आग्रह गरे, तर बा र काकाका छोराहरुले मेरो सुरक्षाको ग्यारेन्टी नभएसम्म घर पठाउन्नौं भने। 

अन्त्यमा उनले त्यसो पनि गरे।

तर जब उनी घर फर्किइन्, उनीमाथिको ज्यादति झन् बढ्यो।

उनी भन्छिन्, ‘पतिले मलाई फेरि पिटे, चक्कु उज्याउँदै मलाई लखेटे, म एक छिमेकीकहाँ गएर लुके, त्यसदिन न बँचे, तर त्यो स्थायी समाधान थिएन।’

त्यसपछि पतिले उनलाई सम्झाउँदै माइत लगिदिने बताए।

तर त्यो षडयन्त्र थियो। उनले जर्कालाई अर्कै घर पुर्‍याए। त्यहाँ लगेर घिसार्दै बगैंचामा लगे। त्यो बेला उनका पतिसँग राइफल पनि थियो। ‘उनले मलाई समाते, खल्तीबाट चक्कु निकाले र मेरो नाक काटिदिए,’जर्काले त्यो दिन सम्झिइन्।
पतिले नसोधी माइत गएकाले नाक काटिदिएको बताए।

अनि पति उनलाई रगतपच्छे अवस्थामा छाडेर हिडें। 

‘मलाई असह्य पीडा भएको थियो, रगतको धारा बगिरहेको थियो, सास फेर्न सकेको थिइनँ,’ उनले भनिन्। उनको रुवाई सुनेर एक छिमेकीले उनको काटिएको नाकको एक भाग खोजिन्। तत्काल स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइयो। तर त्यहाँ काटिएको भाग जोडन् सम्भव भएन।

पछि उनका पिता र आफन्तले उनका पतिसँग बदला लिन चाहेका थिए, तर पतिलाई फेला पार्न सकेनन्। उनका पिता र काकाले उनका लागि सुरक्षा जिम्मा दिइएका व्यक्तिको घरमा फाइरिङ पनि गरे। 

जर्काको उपचार सुरुमा स्थानीय स्तरमा गर्ने प्रयास भयो। तर सफल भएन। जब उनको रक्तरन्जित अनुहार भाइरल भयो, कस्मेटिक सर्जन डा जलमईले उनको उपचारको जिम्मा लिने बताउँदै काबुल बोलाए। 

जर्का अब आफ्नो रुप बिस्तारै पहिलेको अवस्थामा आउने आशामा छिन्। 

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १०:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबा... सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। सोमबार, असोज ५, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्