अमेरिकाको राष्ट्रपतीय निर्वाचन नजिकिएसँगै विजेताको आँकलन गर्ने क्रम पनि सुरु भएको छ। रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले चुनौती दिँदैछन्।
बाइडन पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएका थिए। बाइडन अमेरिकी राजनीतिमा १९७० देखि सक्रिय रहेका छन्। निर्वाचन नजिकिँदै गर्दा सर्वेक्षण गर्ने संस्थाहरु आफूलाई मन परेको उम्मेदवारको पक्षमा जनमत देखाउने कोसिसमा लागिसकेका छन्। जनताको मुड चेन्ज गर्नका लागि उनीहरुले यस्तो गर्ने गरेका छन्।
बिबिसीले निर्वाचन हुनुभन्दा अघि हुने यस्ता सर्वेक्षणमा नजर राख्ने छ। त्यसबाट आउने धारणाले चुनावको धार परिर्वतन गर्न सक्छ कि सक्दैन पत्ता लगाउनुपर्ने छ।
उम्मेदवार कस्तो छाप छोडिरहेका छन्?
अमेरिकामा राष्ट्रियस्तरमा हुने ओपिनियन पोल देशभरमा कुन उम्मेदवार कति लोकप्रिय छन् भन्ने पत्ता लगाउने राम्रो माध्यम हो। तर ध्यान दिनुपर्ने कुरा के छ भने यसले राष्ट्रपति चुनावको असली नतिजाको संकेत मिल्दैन। उदाहरणका रुपमा हेर्दा २०१६ मा भएको राष्ट्रिय सर्वेक्षणमा हिलारी क्लिन्टन ३० लाख मतले अघि रहेको देखिएको थियो। तर जब परिणाम आयो डोनाल्ट ट्रम्प विजेता बने।
यस्तो किन भयो भने अमेरिकामा इलेक्टोरल कलेज सिस्टम छ। जनताको धेरै भोट हासिल गर्दैमा उसले नै जित्छ भन्ने जरुरी छैन। यो शर्त हटाउने हो भने जो बाइडन यो वर्ष अधिक लोकप्रिय देखिन्छन्। राष्ट्रिय सर्वेक्षणमा ट्रम्पभन्दा उनी धेरै अगाडि छन्। सर्वेक्षणहरुले बाइडनलाई लगभग ५० प्रतिशत मतदाताले समर्थन गरेको देखिन्छ। पछिल्ला दिनमा राष्ट्रपति ट्रम्पका समर्थकहरु पनि बढिरहेका छन्।
कुन राज्यले अमेरिकी निर्वाचनको नतिजा तय गर्ने छ?
२०१६मा भएका सर्वेक्षणभन्दा अहिलेका सर्वेक्षण अलि स्पष्ट नतिजा दिने खालको रहेको छ। उक्त समयमा ट्रम्प र हिलारीका बीचमा केही अंकको फरक देखिएको थियो। निर्वाचन नजिकिँदै गर्दा पोल पनि प्रतिस्पर्धामा पुगेको थियो। २०१६को निर्वाचनमा हिलारी क्लिन्टनले हारेपछि यो महसुस गरियो कि प्रत्यासीले कति बढी भोट पायो भन्ने कुराले महत्व राख्दैन।
निर्वाचनमा विजयी हुन कुल मतभन्दा कुन राज्यबाट कति धेरै भोट प्राप्त हुन्छ भन्ने कुरा महत्वपूर्ण र निर्णायक हुन्छ। धेरैजसो राज्यले प्रत्येक निर्वाचनमा एकै रुपमा मतदान गर्ने गर्छन। यसको अर्थ हो कि केही नाम चलेका राज्यहरु छन् जहाँ कुनै एक प्रत्यासीले जित्ने स्पष्ट देखिन्छ। यी राज्यहरुले नै राष्ट्रपति कसलाई जिताउने र कसलाई हराउने निर्णय गर्ने छन्। यी राज्यहरुलाई अमेरिकी राजनीतिमा ‘ब्याटल ग्राउन्ड स्टेट’ भनिन्छ।
अमेरिका आफ्नो जुन इलेक्ट्रोरल कलेज सिस्टमबाट राष्ट्रपति चुन्छ, उसमा हर अमेरिकी राज्य उसको जनसंख्याको अनुपातको हिसाबमा इलेक्ट्रोरल कलेजको भोट दिन्छ। देशभरमा इलेक्ट्रोलर कलेजको भोट ५३८ हुन्छ। त्यसैले राष्ट्रपति निर्वाचन जित्नका लागि कुनै पनि उम्मेदवारले इलेक्ट्रोरल कलेजको २७० भोट आफ्नो पक्षमा ल्याउन जरुरी छ।
ब्याटलग्राउन्ड स्टेट्समा कुन अगाडि?
यो समय ब्याटलग्राउन्ड स्टेट्समा जो बाइडन अगाडि देखिएका छन्। तर मतदाताका लागि अझै धेरै समय बाँकी छ। अवस्था निकै तिव्र रुपमा परिर्वतन हुन सक्छ। सर्वेक्षणले इशारा गरिरहेको छ–मिशिगन,पेन्सिल्भेनिया र विस्कन्सिन सिटिमा जो बाइडन अघि देखिएका छन्। २०१६ को निर्वाचनमा यी औद्योगिक राज्यमा ट्रम्पले हिलारीलाई मुस्किलले जितेका थिए।
त्यस्तै अन्य सिटिमा ट्रम्पले भारी मतले जित हात पारेका थिए। अहिले ट्रम्प यी राज्यलाई लिएर चिन्तित छन्। २०१६ मा आयोवा,ओहायो र टेक्सासमा ट्रम्पको जित अन्तर ८–१० प्रतिशत थियो। तर यसपटक तीन राज्यमा ट्रम्प र बाइडनका बीचमा कडा टक्कर देखिएको छ।
यो सर्वेक्षणको नतिजाले अनुमान लगाउन सकिन्छ, ट्रम्पले किन आफ्नो निर्वाचन अभियानका म्यानेजर परिवर्तन गरे भनेर। उनले पटक–पटक यी सर्वेक्षणहरुलाई फेक पोल्स भन्दै आएका छन्। तर सट्टाबजार यो मान्न तयार छ्रैन। ३ नोभेम्वरमा ट्रम्प नै राष्ट्रपति निर्वाचन जित्नेमा उनीहरु ढुक्क छन्।
कोरोना भाइरसको महामारीले ट्रम्पको लोकप्रियतामा असर पर्ला?
कोरोना भाइरसको महामारीले यो वर्षको सुरुदेखि नै अमेरिका समाचारको पात्र बन्दै आएको छ। यसलाई नियन्त्रण गर्न राष्ट्रपति ट्रम्पको तौरतरिकालाई लिएर अमेरिकी जनता विभाजन भएको प्रष्ट देखिन्छ। जब मार्च महिनाको मध्यमा ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरे राज्यहरुलाई भाइरसको महामारी रोक्नका लागि ५० अर्ब डलर सहयोगको घोषणा गरेका थिए। उनको यो कदमको ५५ प्रतिशत अमेरिकी जनताले प्रशंसा गर्दै समर्थन गरेका थिए।
तर अहिले परिस्थिति फेरिएको देखिन्छ। रिपब्लिकन पार्टीका समर्थकहरु अहिले पनि राष्ट्रपतिको सर्मथनमा रहेको देखिन्छ। तर कोरोना भाइरस नियन्त्रणको कुरामा भने अमेरिकी जनताको मत विभाजन भएको देखिन्छ। हालैको सर्वेक्षणले ट्रम्पका समर्थकहरुले पनि भाइरस रोक्न उनले चालेका कदममाथि प्रश्न उठाउन थालेका छन्। यो महामारीको प्रकोपसँग दक्षिण र पश्चिम राज्यमा दोस्रो पटक जनताले जुध्नु परेको छ। जुलाईको शुरुवाती हप्तामा यो प्रकरणमा रिपब्लिकनका पनि समर्थक घटेर ७८ प्रतिशतमा आएको थियो।
ट्रम्पले अहिले आशा जगाउनेभन्दा अमेरिकाको अवस्था अझै खराब हुने चेतावनी दिन थालेका छन्। हालैमात्र उनी फेस मास्क लगाएर जनताका माझमा देखा पर्न थालेका छन्। यतिमात्र होइन कि ट्रम्प आफैं जनतालाई मास्क लगाउन र यसले कोरोना रोक्ने बताउन थालेका छन्। वासिङटन विश्वविद्यालयका विशेषज्ञहरुले गरेको एक अध्ययनले १ नोभेम्बर अर्थात् मतदानभन्दा ठीक दुई दिनअघिसम्म अमेरिकामा कोरोना भाइरसबाट २ लाख ३० हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसक्ने आँकलन गरेका छन्।
पोल र सर्वेक्षणमा विश्वास गर्न सकिन्छ
चुनावपूर्व हुने यस्ता सर्वेक्षणहरुले ठोस नतिजा दिँदैनन् भन्ने कुरालाई अस्वीकार गर्न सकिन्छ। किनकि २०१६को निर्वाचनमा भएका सबै सर्वेक्षण गलत सावित भयो। राष्ट्रपति ट्रम्पले पनि पटक–पटक यस्तै दाबी गर्दै आएका छन्। तर यो पूर्ण रुपमा सत्य होइन। २०१६मा भएका अधिकांश सर्वेक्षणले हिलारी क्लिन्टनलाई केही प्रतिशत अंकले मात्र अघि देखाएको थियो। यसको अर्थ यो पूर्णरुपमा गलत थियो भन्ने होइन। हिलारीले ट्रम्पको भन्दा ३० हजार भोट धेरै पाएकी थिइन्।
२०१६मा भएको सर्वेक्षणमा कलेजका डिग्री भएका भोटरहरुको उचित प्रतिनिधित्व भएको थिएन। यसको अर्थ हो कि ब्याटलग्राउन्ड राज्यमा ट्रम्पको लोकप्रियतालाई धेरै दिनसम्म सर्वेक्षणमा समावेश गरिएन। धेरैजसो सर्वेक्षण कम्पनीहरुले यो गल्ती सुधार गरेको देखिन्छ। तर, नोभेम्बरसम्म कोरोना भाइरसको असर के हुने र कति मतदाता सहभागी होलान् भन्ने कुरा भने यी सर्वेक्षणले ख्याल गर्नुपर्ने देखिन्छ।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।