• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प र बाइडेनमध्ये को बलियो?

64x64
नेपाल लाइभ शनिबार, साउन २४, २०७७  १०:४६
1140x725

अमेरिकाको राष्ट्रपतीय निर्वाचन नजिकिएसँगै विजेताको आँकलन गर्ने क्रम पनि सुरु भएको छ। रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई  डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले चुनौती दिँदैछन्।

बाइडन पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएका थिए। बाइडन अमेरिकी राजनीतिमा १९७० देखि सक्रिय रहेका छन्। निर्वाचन नजिकिँदै गर्दा सर्वेक्षण गर्ने संस्थाहरु आफूलाई मन परेको उम्मेदवारको पक्षमा जनमत देखाउने कोसिसमा लागिसकेका छन्। जनताको मुड चेन्ज गर्नका लागि उनीहरुले यस्तो गर्ने गरेका छन्।

बिबिसीले निर्वाचन हुनुभन्दा अघि हुने यस्ता सर्वेक्षणमा नजर राख्ने छ। त्यसबाट आउने धारणाले चुनावको धार परिर्वतन गर्न सक्छ कि सक्दैन पत्ता लगाउनुपर्ने छ। 

उम्मेदवार कस्तो छाप छोडिरहेका छन्? 
अमेरिकामा राष्ट्रियस्तरमा हुने ओपिनियन पोल देशभरमा कुन उम्मेदवार कति लोकप्रिय छन् भन्ने पत्ता लगाउने राम्रो माध्यम हो। तर ध्यान दिनुपर्ने कुरा के छ भने यसले राष्ट्रपति चुनावको असली नतिजाको संकेत मिल्दैन।  उदाहरणका रुपमा हेर्दा २०१६ मा भएको राष्ट्रिय सर्वेक्षणमा हिलारी क्लिन्टन ३० लाख मतले अघि रहेको देखिएको थियो। तर जब परिणाम आयो डोनाल्ट ट्रम्प विजेता बने। 

यस्तो किन भयो भने अमेरिकामा इलेक्टोरल कलेज सिस्टम छ। जनताको धेरै भोट हासिल गर्दैमा उसले नै जित्छ भन्ने जरुरी छैन। यो शर्त हटाउने हो भने जो बाइडन यो वर्ष अधिक लोकप्रिय देखिन्छन्। राष्ट्रिय सर्वेक्षणमा ट्रम्पभन्दा उनी धेरै अगाडि छन्। सर्वेक्षणहरुले बाइडनलाई लगभग ५० प्रतिशत मतदाताले समर्थन गरेको देखिन्छ। पछिल्ला दिनमा राष्ट्रपति ट्रम्पका समर्थकहरु पनि बढिरहेका छन्। 

कुन राज्यले अमेरिकी निर्वाचनको नतिजा तय गर्ने छ? 
२०१६मा भएका सर्वेक्षणभन्दा अहिलेका सर्वेक्षण अलि स्पष्ट नतिजा दिने खालको रहेको छ। उक्त समयमा ट्रम्प र हिलारीका बीचमा केही अंकको फरक देखिएको थियो। निर्वाचन नजिकिँदै गर्दा पोल पनि प्रतिस्पर्धामा पुगेको थियो। २०१६को निर्वाचनमा हिलारी क्लिन्टनले हारेपछि यो महसुस गरियो कि प्रत्यासीले कति बढी भोट पायो भन्ने कुराले महत्व राख्दैन। 

निर्वाचनमा विजयी हुन कुल मतभन्दा कुन राज्यबाट कति धेरै भोट प्राप्त हुन्छ भन्ने कुरा महत्वपूर्ण र निर्णायक हुन्छ। धेरैजसो राज्यले प्रत्येक निर्वाचनमा एकै रुपमा मतदान गर्ने गर्छन। यसको अर्थ हो कि केही नाम चलेका राज्यहरु छन् जहाँ कुनै एक प्रत्यासीले जित्ने स्पष्ट देखिन्छ। यी राज्यहरुले नै राष्ट्रपति कसलाई जिताउने र कसलाई हराउने निर्णय गर्ने छन्। यी राज्यहरुलाई अमेरिकी राजनीतिमा ‘ब्याटल ग्राउन्ड स्टेट’ भनिन्छ। 

अमेरिका  आफ्नो जुन इलेक्ट्रोरल कलेज सिस्टमबाट राष्ट्रपति चुन्छ, उसमा हर अमेरिकी राज्य उसको जनसंख्याको अनुपातको हिसाबमा इलेक्ट्रोरल कलेजको भोट दिन्छ। देशभरमा इलेक्ट्रोलर कलेजको भोट ५३८ हुन्छ। त्यसैले राष्ट्रपति निर्वाचन जित्नका लागि कुनै पनि उम्मेदवारले इलेक्ट्रोरल कलेजको २७० भोट आफ्नो पक्षमा ल्याउन जरुरी छ।

nimb
nimb
Ncell 2
Ncell 2

ब्याटलग्राउन्ड स्टेट्समा कुन अगाडि?
यो समय ब्याटलग्राउन्ड स्टेट्समा जो बाइडन अगाडि देखिएका छन्। तर मतदाताका लागि अझै धेरै समय बाँकी छ। अवस्था निकै तिव्र रुपमा परिर्वतन हुन सक्छ। सर्वेक्षणले इशारा गरिरहेको छ–मिशिगन,पेन्सिल्भेनिया र विस्कन्सिन सिटिमा जो बाइडन अघि देखिएका छन्। २०१६ को निर्वाचनमा यी औद्योगिक राज्यमा ट्रम्पले हिलारीलाई मुस्किलले जितेका थिए। 

त्यस्तै अन्य सिटिमा ट्रम्पले भारी मतले जित हात पारेका थिए। अहिले ट्रम्प यी राज्यलाई लिएर चिन्तित छन्। २०१६ मा आयोवा,ओहायो र टेक्सासमा ट्रम्पको जित अन्तर ८–१० प्रतिशत थियो। तर यसपटक तीन राज्यमा ट्रम्प र बाइडनका बीचमा कडा टक्कर देखिएको छ।

यो सर्वेक्षणको नतिजाले अनुमान लगाउन सकिन्छ, ट्रम्पले किन आफ्नो निर्वाचन अभियानका म्यानेजर परिवर्तन गरे भनेर। उनले पटक–पटक यी सर्वेक्षणहरुलाई फेक पोल्स भन्दै आएका छन्। तर सट्टाबजार यो मान्न तयार छ्रैन। ३ नोभेम्वरमा ट्रम्प नै राष्ट्रपति निर्वाचन जित्नेमा उनीहरु ढुक्क छन्। 

कोरोना भाइरसको महामारीले ट्रम्पको लोकप्रियतामा असर पर्ला? 
कोरोना भाइरसको महामारीले यो वर्षको सुरुदेखि नै अमेरिका समाचारको पात्र बन्दै आएको छ। यसलाई नियन्त्रण गर्न राष्ट्रपति ट्रम्पको तौरतरिकालाई लिएर अमेरिकी जनता विभाजन भएको प्रष्ट देखिन्छ। जब मार्च महिनाको मध्यमा ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरे राज्यहरुलाई भाइरसको महामारी रोक्नका लागि ५० अर्ब डलर सहयोगको घोषणा गरेका थिए। उनको यो कदमको ५५ प्रतिशत अमेरिकी जनताले प्रशंसा गर्दै समर्थन गरेका थिए। 

तर अहिले परिस्थिति फेरिएको देखिन्छ। रिपब्लिकन पार्टीका समर्थकहरु अहिले पनि राष्ट्रपतिको सर्मथनमा रहेको देखिन्छ। तर कोरोना भाइरस नियन्त्रणको कुरामा भने अमेरिकी जनताको मत विभाजन भएको देखिन्छ। हालैको सर्वेक्षणले ट्रम्पका समर्थकहरुले पनि भाइरस रोक्न उनले चालेका कदममाथि प्रश्न उठाउन थालेका छन्। यो महामारीको प्रकोपसँग दक्षिण र पश्चिम राज्यमा दोस्रो पटक जनताले जुध्नु परेको छ। जुलाईको शुरुवाती हप्तामा यो प्रकरणमा रिपब्लिकनका पनि समर्थक घटेर ७८ प्रतिशतमा आएको थियो। 

ट्रम्पले अहिले आशा जगाउनेभन्दा अमेरिकाको अवस्था अझै खराब हुने चेतावनी दिन थालेका छन्। हालैमात्र उनी फेस मास्क लगाएर जनताका माझमा देखा पर्न थालेका छन्। यतिमात्र होइन कि ट्रम्प आफैं जनतालाई मास्क लगाउन र यसले कोरोना रोक्ने बताउन थालेका छन्। वासिङटन विश्वविद्यालयका विशेषज्ञहरुले गरेको एक अध्ययनले १ नोभेम्बर अर्थात् मतदानभन्दा ठीक दुई दिनअघिसम्म अमेरिकामा कोरोना भाइरसबाट २ लाख ३० हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसक्ने आँकलन गरेका छन्। 

पोल र सर्वेक्षणमा विश्वास गर्न सकिन्छ    
 चुनावपूर्व हुने यस्ता सर्वेक्षणहरुले ठोस नतिजा दिँदैनन् भन्ने कुरालाई अस्वीकार गर्न सकिन्छ। किनकि २०१६को निर्वाचनमा भएका सबै सर्वेक्षण गलत सावित भयो। राष्ट्रपति ट्रम्पले पनि पटक–पटक यस्तै दाबी गर्दै आएका छन्। तर यो पूर्ण रुपमा सत्य होइन। २०१६मा भएका अधिकांश सर्वेक्षणले हिलारी क्लिन्टनलाई केही प्रतिशत अंकले मात्र अघि देखाएको थियो। यसको अर्थ यो पूर्णरुपमा गलत थियो भन्ने होइन। हिलारीले ट्रम्पको भन्दा ३० हजार भोट धेरै पाएकी थिइन्। 

२०१६मा भएको सर्वेक्षणमा कलेजका डिग्री भएका भोटरहरुको उचित प्रतिनिधित्व भएको थिएन। यसको अर्थ हो कि ब्याटलग्राउन्ड राज्यमा ट्रम्पको लोकप्रियतालाई धेरै दिनसम्म सर्वेक्षणमा समावेश गरिएन। धेरैजसो सर्वेक्षण कम्पनीहरुले यो गल्ती सुधार गरेको देखिन्छ। तर, नोभेम्बरसम्म कोरोना भाइरसको असर के हुने र कति मतदाता सहभागी होलान् भन्ने कुरा भने यी सर्वेक्षणले ख्याल गर्नुपर्ने देखिन्छ।

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने उक्त मार्गले चीन–युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको छ। यद्यपि, वाताव... आइतबार, साउन ३१, २०८३
अमेरिकामा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर अमेरिकाको भर्जिनिया राज्यस्थित भर्जिनिया स्टेट युनिभर्सिटीको परिसरमा गोली चल्दा कम्तीमा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको... आइतबार, साउन ३१, २०८३
मोदीले लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्दै भने : १२ वर्षमा २५ करोड भारतीय गरिबीबाट बाहिरिए भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै उनले सरकारका विभिन्न उपलब्धिहरूको चर्चा गरेका... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, भदौ १, २०८३
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै सोमबार, भदौ १, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७६२ जनालाई कारबाही सोमबार, भदौ १, २०८३
धादिङको गजुरीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग अवरुद्ध सोमबार, भदौ १, २०८३
आज नाग पञ्चमी पर्व मनाइँदै सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
यस्ता छन् कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका ५ निर्णय आइतबार, साउन ३१, २०८३
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासनालाई आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्