काठमाडौं– घुसकाण्डमा पक्राउ परेका सशस्त्र प्रहरी बलका इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो।
इन्सपेक्टर काले बम्जन तथा जवानहरु ठाकुर खत्री र नवीन खड्कालाई आयोगको टोलीले २५ हजार घुससहित पक्राउ गरेको थियो। भारतीय नम्बर प्लेटको गाडी छुटाइदिने भन्दै उनीहरुले पैसा लिएका थिए।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा कार्यरत इन्सपेक्टर बम्जनकै घटनामा संलग्ता देखिएपछि उनलाई समेत नियन्त्रणमा लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।