काठमाडौं- काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना संक्रमित बढ्दै गएपछि केही सेवा प्रवाहमा रोक लगाइएको काठमाडौंका प्रजिअ जनकराज दाहालले जानकारी दिए।
कार्यालयमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै सर्वसाधरणमा कोरोना फैलन सक्ने भएकोले साउन २५ गते देखि भदौ ८ गतेसम्म कार्यालयबाट नियमित गरिने सेवा बाहेक सेवा स्थगित गरिएको हो।
बैठकमा सुरक्षा निकाय र सरोकारवाला निकायकका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
संचालनमा रहेका सेवा
शान्ति सुरक्षा सम्बन्धी कार्यहरू
ठाडो निवेदन र उजुरी सम्बन्धी
मुद्दा सम्बन्धी कार्य
अत्यावश्यक कामका लागि सवारी पास सम्बन्धी कार्य
विपद् व्यवस्थापन कार्य
स्थगित भएका सेवा
नयाँ नेपाली नागरिकता वितरण
नागरिकता प्रतिलिपी वितरण
हातहतियार दर्ता/नवीकरण
संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य
निजी सुरक्षा कम्पनी नवीकरण
राहदानी वितरण
नाबालिग परिचयपत्र वितरण
अन्य अत्यावश्यक नभएका सेवा
यस्तो छ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।