काठमाडाैं- जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता सरकारमा नदेखिएको नेपाली कांग्रेसले जनाएको छ। सरकारी क्षमताकै कारण सरकारका विरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरू हुनु स्वभाविक भएको कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले जनाएका छन्।
कोभिड १९ नियन्त्रणमा सरकारी प्रभावकारीता खोज्दै अनसररत युवले उठाएका माग पुरा गर्न शर्माले पुनः दोहोर्याएका छन्। अनसनरत युवाका मागप्रति एक्यबद्धता जनाउँदै शर्माले प्रधानमन्त्रीलाई सोध्छन्, ‘न सत्ता मागेका छन् न भत्ता। अनसनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू?’
२० दिनदेखि आमरण अनसनमा बसेका युवाको मागप्रति सरकार गम्भीर नभएको भन्दै शर्माले पुनः ध्यानाकर्षण गराएका छन्। 'इनफ इज इनफ'का अभियन्तासँग संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु दुःखद भएको शर्माले जनाएका छन्।
स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचारमा कारबाही, समुदायस्तरमा व्यापक पिसिआर परीक्षण, आरडिटी खारेजी, मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थापनका विषयमा सुरुवातदेखि नै कांग्रेसले आवाज उठाएको उनले बताए। कोभिड अस्पतालहरू विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्धार, सीमा नाकामा कडाइ, श्रमिक, बेरोजगार, विद्यार्थीलाई राहतलगायतका मागहरू सरकारलाई पटकपटक ध्यानाकर्षण गराएको उनकाे विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।