काठमाडौं- पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १५ हजार ८१४ उपचारपछि निको भएका छन्।
हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ।
हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म नेपालमा ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।