काठमाडौं- काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूसहितको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको भन्दै प्रजिअहरूको बैठकले यस्तो निर्णय गरेको हो। भदौ ८ गते सम्म प्रशासनिक कार्य सबै बन्द गरिएको छ। संक्रमण देखिएका ठाउँमा सिल गरिने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
यसअघि गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि घना बस्तीमा कोरोना भाइरसको संक्रमण बढी रहेकाले अस्पतालमा बेड अभाव हुन सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरिसकेको छ। हालसम्म नेपालमा २१ हजार ७ सय ५० जना संक्रमित भएको मन्त्रालयले पुष्टि गरेको छ।
बिहीबारसम्म काठमाडौं उपत्यकामा ८७६ जना कोरोना संक्रमित भेटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।