• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

राजापाक्षे दाजुभाइ : तमिल विद्रोह समाप्त पार्नेदेखि मानव अधिकार हननको आरोपसम्म 

64x64
नेपाल लाइभ शुक्रबार, साउन २३, २०७७  १३:०५
1140x725

एजेन्सी-श्रीलंकामा बुधबार भएको संसदीय निर्वाचनको मत परिणामले फेरि एकपटक शासनसत्ता चलाउने अधिकार राजापाक्षे परिवारको काँधमा पुगेकाे देखिएकाे छ। कानुन नै परिवर्तन गर्न सक्ने गरि दुई तिहाई मत पाएकाे छ राजापाक्षे दाजुभाइ गाेटाबाया र महिन्दाकाे पार्टी श्रीलंका पिपुल्स फ्रन्ट(एसएलपीपी)ले।

योसँगै हाल राष्ट्रपति रहेका गोटाबाया र उनका दाइ महिन्दा राजापक्षे मिलेर पाँच वर्ष शासन चलाउन पाउने छन्। अब उनीहरुले आफूअनुकुल संविधान नैं संशोधन गर्न सक्नेछन्। राष्ट्रपति गोटाबायाले संसदीय निर्वाचनमा आफ्नो पार्टीको ठूलो जित भएको घोषणा गरिसकेका छन्। 

उनका दाइ महिन्दा राजापाक्षे अब फेरि एक पटक प्रधानमन्त्री बन्ने निश्चितजस्तै छ। उनी नोभेम्बरदेखि कार्यवाहक रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए। श्रीलंकाको आमचुनावमा राजापाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट(एसएलपीपी)लाई दुई तिहाई बहुमत प्राप्त भएको हो। राजापाक्षेको पार्टीले कुल २२५ मध्ये १४५ सिटमा जित हात परेको छ। साथै पाँच सिट उसको सहयोगी पार्टीलाई प्राप्त भएको छ भने ५ वटा पार्टीको गठबन्धन गर्ने आँकलन गरिएको छ। श्रीलंकामा एसएलपीपीले ९ महिनाअघि गोटाबायलाई राष्ट्रपति चुनेको थियो। 

गोटाबायको यात्रा : तमिल टाइगर समाप्त पार्ने रक्षामन्त्रीदेखि राष्ट्रपतिसम्म
गोटाबाय यस्ता व्यक्ति हुन्, जसलाई हेर्ने श्रीलंकाली जनताको दृष्टिकोण फरक-फरक पाइन्छ। कसैलाई उनीप्रति विश्वास छ भने कोही उनको सत्तारोहणले गर्दा चिन्तित थिए। 

श्रीलङ्काको गृहयुद्ध सन् २००९ मा समाप्त भएको थियो। उक्त समय गोटाबाया राजापाक्षे श्रीलंकाका रक्षामन्त्री थिए। त्याे बेला उनकाे भूमिकाका कारणा उनीमाथि मानव अधिकार हनन गरेको आरोप लागेको थियो। चुनावपछि सत्तामा उनको पुनरागमनले एक किसिमको हलचल नै पैदा गरिदिएको थियो। 

श्रीलंकामा वर्षौंदेखि बसोबास गर्दै आएका मुसलमान समुदाय र तमिलहरुले राजापाक्षेको शासनकाललाई चिन्ताको रुपमा लिएका छन् भने बौद्धधर्मालम्बी र अन्य समुदायले खुसीको रुपमा लिएका छन्। 

प्रधानमन्त्री बन्लान् त महिन्दा राजापक्षे ? 
श्रीलंकाका राष्ट्रपति गोटाबायले आफ्ना दाइ एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीको रुपमा २० नोभेम्बरमा सत्तामा फर्काएका थिए।  उनी तत्कालीन समयमा कार्यवाहक प्रधानमन्त्री नियुक्त भएका थिए। श्रीलंकामा जनवरीमा संसदीय निर्वाचन हुँदै थियो। तर कोरोना महामारीका कारणसरेर वुधबार भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो निर्वाचनबाट दुई तिहाई हात पारेपछि उनी प्रधानमन्त्रीको स्वतः हकदार भएका छन् ।  उनको यो कार्यकाल  धेरै  चुनौतीपूर्ण पनि हुने छ। राष्ट्रपति, महिन्दा राजापाक्षे आफैं र उनका  मानिस मानवअधिकार हननको गम्भीर आरोपको सामना गरिरहेका छन्। यही सममया महिन्दा राजपाक्षेको पुनरागमनलाई लिएर धेरै मानिस आशंकित भएका छन्। 

महिन्दा राजपाक्षेलाई लिएर नकारात्मक टिप्पणी मात्र हुँदैन उनी श्रीलंकाको आकर्षणको केन्द्र पनि छन्।

उनी चुम्बकीय भाषण गर्न माहिर मानिन्छन्। यही भाषण र बोल्ने शैलीका कारण उनी सिंहाली जनतामाझ लोकप्रिय छन्। सिंहाली समुदायले श्रीलंकाली जनसंख्याको चौथो हिस्सा ओगटेको छ। केही मानिसहरु उनलाई बिम्व बनाएर कविता र गीतसमेत लेख्थे। उनलाई राजा भनेर सम्बोधन गर्दै यस्ता कविता लेखिन्थ्यो। तमिललाई दमन गरेर जसरी राजापाक्षे अघि बढे उनी झन् लोकप्रियताको शिखरमा पुगेका थिए।

Xtrem

Xtrem

गृहयुद्धका आखिरी दिन
मे २००९ मा तमिलविरुद्ध युद्ध जितेको घोषणा गरेर जति मानिस सडकमा उत्सव मनाइरहेका थिए सोही बराबरका मानिस शान्त र मौन थिए। यसरी मौन रहनेमा धेरै श्रीलंकाका अल्पसंख्यक तमिल समुदायका थिए। उनीहरुले यो लडाइँमा आफ्ना भाइ, बहिनी, आमाबाबु, जीवनसाथीसमेत गुमाएका थिए।

गृहयुद्धको अन्तिम समयमा सेनाले तमिलहरुको क्षेत्रलाई यसरी घेरेको थियो कि उनीहरु बन्द कैदखानामा झैं हुन्थे। त्यहाँबाट बाहिर निस्कने वा भाग्ने कुनै सम्भावना नै थिएन।

यो गृहयुद्धमा एकातर्फ विद्रोही समूहले जबरजस्त आफ्नो समूहमा भर्ना गराउँथ्यो भने राजापाक्षेको सेनाले अर्कोतर्फ आक्रमण गथ्र्यो। राजापाक्षे सेनासँग आत्मसमर्पण गरेका मानिसहरु बेपत्ता हुने क्रम बढिरहेको थियो।

पाँच वर्षसम्म देशको नेतृत्व
श्रीलंकामा यसै वर्ष इस्टर चाडको समयमा ठूलो बम विस्फोटको घटना भएको थियो। उक्त घटनाबाट श्रीलंका अहिले पनि बाहिर आउने प्रयासमै रहेको छ। उक्त बम बिस्फोट आफूलाई इस्लामिक स्टेटको बताउने एक चरमपन्थी संगठनले गराएको थियो। सो हमलामा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए।

राजापाक्षे दाजुभाइ अबको पाँच वर्षसम्म नेतृत्वमा रहने छन्। राजापाक्षेको विरुद्धमा रहेका यी समुदाय फेरि पनि यही रुपमा आत्मघाती आक्रमणमा उत्रेलान् वा शान्त भएर बस्लान् भन्ने मूल प्रश्नको रुपमा देखिन्छ। 

शक्तिशाली पृष्ठभूमि
गोताबाया राजापाक्षे श्रीलंकाकासबैभन्दा शक्तिशाली पृष्ठभूमि भएका व्यक्ति हुन्। उनका बुबा सांसद र मन्त्रीसमेत भएका थिए। उनका दाइ महिन्दा राजपाक्षे दुई पटक श्रीलंकाको राष्ट्रपति भइसकेका छन्। पाँचौं सन्तानको रुपमा गोटाबायको जन्म सन् १९४९मा भएको थियो। उनी श्रीलंकाको बहुसंख्यक सिंहाली समुदायका हुन्।

सन् १९७१मा श्रीलंका मिलिट्री एकेडेमीबाट तालिम लिएपछि उनले २० वर्षसम्म सेनामा रही सेवा गरेका थिए। सेनाको जागिर छाडी उनले आइटी सेक्टरको जिम्मेवारी सम्हाले। सन् १९९८मा राजापाक्षे परिवारसहित अमेरिका गए। सन् २००५मा पुनरागमन हुँदा उनका दाइ महिन्दा राजपाक्षे राष्ट्रपति बनेका थिए।

सैनिक सेवामा रहँदा गोटाबाय राजापाक्षे

गृहयुद्ध र दमन
महिन्दा राजापाक्षेले गोताबायालाई आफ्नो सरकार रहँदा सन् २००५ र सन् २०१० मा रक्षामन्त्री बनाएका थिए। रक्षामन्त्री हुँदा गोताबायाले श्रीलङ्काको इतिहासमा महत्वपूर्ण भूमिका निभाएका थिए।  दुवै दाजुभाइको निगरानीमा चलेको सैन्य कारबाहीको नतिजा सन् २००९ मा तमिल पृथकतावादी संघर्षको समाप्तिसँगै आएको थियो।

बेपत्ताको खोजीमा एक आफन्त

२५ वर्षसम्म चलेको तमिल युद्धमा १ लाख मानिसले आफ्नो ज्यान गुमाएका थिए। गृहयुद्ध समाप्तिपछि श्रीलङ्कामा अधिकांश मानिसहरूले खुसियाली मनाए। तर धरै प्रश्नहरू आज पनि जवाफको पर्खाइमा छन्। पृथक तमिल राष्ट्र हुनुपर्ने माग गरिरहेको एलटिटीइका हजारौं मानिस सरकारी दमनका कारण बेपत्ता भएका थिए। यीमध्ये प्रायः मानिसहरूलाई यातना दिइएपछि मारिएको बताइन्छ। 

नागरिकता विवाद
चुनाव प्रचारको समय गोटाबायाले ‘जसरी हामीले पहिला चरमपंथ समाप्त गरेका थियौं ठीक त्यसैगरी अहिले पनि चरमपन्थका लागि अलिकति पनि कसर बाँकी राख्दैनौं’ भनेका थिए। तर कथित युद्ध अपराध नै एउटा यस्तो कारण हो जसलाई लिएर गोटाबाया चर्चामा आएका थिए।

राष्ट्रपतिको चुनावको सुरुवाती चरणमा उनका राजनीतिक विरोधीले उनको नागरिकतालाई लिएर प्रश्न पनि उठाएका थिए। तर, गोटाबायाले भने बारम्बार आफूले अमेरिकाको नागरिकता त्यागेको दाबी गर्दै आएका छन्। सन् २०१६ अगस्टमा उनीमाथि सरकारी हतियारको विषयलाई भ्रष्ट्राचारको आरोप लागेको थियो। तर, उनले यस विषयलाई अस्वीकार गर्दै आएका छन्।

विकिलिक्सको त्यो खुलासा
कोलम्बोमा एक अमेरिकी कूटनीतिज्ञलाई पठाइएको सन्देशका आधारमा विकिलिक्सले सन् २००९ मा तमिलहरूको हत्याको पछाडि श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको हात रहेको दाबी गरेको थियो।

श्रीलङ्कामा अमेरिकी राजदूत पेट्रेसिया बुटेनिसले आफ्नो सन्देशमा ‘श्रीलङ्काको स्थिति अझै जटिल छ किनकि केही कथित अपराधको दोष देशका नेता र सेनाको जिम्मामा छन्, जसमा महिन्दा राजापाक्षे, उनका भाइ गोटाबाया राजापाक्षे र जनरल सनथ फोन्सेन्का सामेल छन्’ भनेकी थिइन्। 

जनरल सनथ फोन्सेन्कालेसन् २००९ को राष्ट्रपतिका लागि भएको चुनावको समयमा आफ्नो प्रचारमा भनेका थिए, ‘राष्ट्रपतिका भाइ र तत्कालीन रक्षामन्त्री गोटाबाया राजपाक्षेले आत्मसमर्पण गर्न खोज्ने चरमपन्थीहरूलाई पनि गोली हान्ने आदेश दिएका थिए।’

तमिल विद्रोह अन्त्य गर्न श्रीलंकाको तत्कालीन महिन्दा राजापाक्षे सरकारले गरेको कारबाही।

तर, तत्कालीन समयमा श्रीलङ्काको सरकारले ती चरमपन्थीलाई अन्य सशस्त्र विद्रोहीले मारेको दाबी गरेको थियो। गृहयुद्धको समाप्तिको तीन वर्षपछि पनि सन् २०१२ मा मानिसलाई अपहरण गर्ने सिलसिला रोकिएको थिएन। त्यो समयमा कुनै अज्ञात समूहले सेतो रङ्गको भ्यानमा मानिसलाई उठाएर लाने गरेको थियो। मानव अधिकारकर्मीका अनुसार सन् २०११ अक्टुबरदेखि सन् २०१२ फेब्रुअरीसम्म उत्तरी श्रीलङ्कामा कोलम्बोनजिक यसैगरी नै १२ जना अपहरणमा परेका थिए। यस घटनामा पीडित विशेषगरी तमिल, मुस्लिम र सिंहाली थिए।

यसपछि फेब्रुअरी १०मा बेवारिसे शव बरामद गरिएको थियो। तर,  कति संख्यामा मानिसहरूको अपहरण गरिएको थियो भनी अझै प्रष्ट भइसकेको छैन। सन् २००९मा प्रबागरन नामका एक व्यवसायीलाई प्रहरीले गिरफ्तार गरेको थियो। एक सैन्य अफिसरले उनलाई तमिल लडाकुसँग सम्बन्ध भएको आरोप लगाएका थिए। यो आरोपलाई उनले स्वीकार भने गरेका थिएनन्। सन् २००९ अक्टुबरमा ज्युडिसियल मेडिकल अफिसरलाई जिम्मा दिइएको एक रिपोर्टका अनुसार प्रबागनलाई नाङ्गो बनाई कुटपिट गरिएको थियो। उनको गुप्ताङ्गमा चोट लागेर रगतसमेत बगेको थियो।


 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई विमानबाटै हिरासतमा लिइएको छ। युट्युबर ध्रुव राठीलाई... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्