काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ गुटबन्दीको उत्तोलक बनेको आरोप लगाएका छन्।
श्रेष्ठको कार्यशैलीलाई 'इनफ इज इनफ' भन्दै रिमालले पार्टी प्रवक्ता पदको लाज जोगाउन प्रवक्ता श्रेष्ठलाई सुझाव दिएका हुन्।
ट्विटमा रिमालले श्रेष्ठको कार्यशैली प्रति आपत्ति जनाउँदै लेख्छन्, ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्।’
प्रधानमन्त्री ओलीइतर समूहको बैठकमा सहभागी हुने श्रेष्ठलाई चेतावनी शैलीमा रिमालले पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् भन्दै आक्रोश व्यक्त गरेका छन्।
मुलुक संवेदनशील मोडमा रहेकाले त्यसलाई समेत महसुस गर्न उनले सुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।