काठमाडौं- सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सरकारले फेरि पूर्ण रूपमा लकडाउन नगर्ने बताएका छन्।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले चैत १० गतेदेखि लगाइएको मोडलको लकडाउन गर्ने पक्षमा सरकारले पुगि नहालेको बताएका हन्।
‘सरकारले अहिले केही पनि सोचेको छैन। चैत १० गतेदेखि भएको थियो अब हुँदैन,’ मन्त्री खतिवडाले भने, ‘अहिले झन्डै २ दर्जन ठाउँमा कुनै न कुनै रुपमा रोक लगाइएको छ। स्थानीय तह वा जिल्ला प्रशासनहरुले यसरी नै लकडाउन गर्न सक्छन्।’
केन्द्रबाट अब लकडाउन नहुने भन्दै उनले अहिले नै त्रसित भएर जानुपर्ने अवस्था नभएको बताए। 'सरकारले जहाँ संक्रमणको जेखिम देख्छ, त्यहाँ केही सेवा रोक्दै जानुपर्ने हुन सक्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।