काठमाडौं- संघीय संसद् सचिवालयमा कार्यरत एक जना उच्च तहका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना प्रभावित जिल्लाको भ्रमण गरेर फर्केका ती कर्मचारीको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो।
संसद् सचिवालयका अनुसार उनको सम्पर्क सांसद प्रदीप यादवसँग भएको थियो। सांसद् यादवमा पनि कोरोना संक्रमण भएको छ। वीरगञ्जमा रहेका सांसद यादवसँग ती कर्मचारी वैज्ञानिक वन व्यवस्थापनको अध्ययनका लागि पर्सा पुगेका थिए।
काठमाडौ फर्केपछि परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएकाले उनलाई काठमाडौंको कोभिड अस्पतालको आइसोलसनमा राखिएको संसद् सचिवलयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।