काठमाडौं– गृह मन्त्रालयका सचिव प्रेम कुमार राई निरीक्षण भ्रमणको क्रममा नक्सालस्थित प्रहरी मुख्यालय पुगेका छन्। शून्य सहनशीलताको नीति लिएर काम गर्न उनले प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।
निरीक्षण र ब्रिफिङपछि उनले गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना अनुसार काम गर्न निर्देशन दिएका हुन्। संघीय प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराउँदै उनले छिट्टै बढुवा तथा प्रदेशमा पदस्थापन हुने पनि जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।