काठमाडौं- मंगलबार १२ सय १५ जना नेपाली विदेशका विभिन्न स्थानबाट नेपाल फर्किएका छन्। विभिन्न ७ उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन्।
स्वदेश फर्कनेमा मलेसिया, कतार, युएई, जापानलगायत मुलुकमा समस्यामा परेकाहरू छन् ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार लकडाउन शुरु भएयता मंगलबारसम्म ४२ हजार १४ जना नेपाली स्वदेश फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।