• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जसले कोरोना संक्रमितका लागि नेपालमै पहिलो पटक प्लाज्मा बनाए

'राम्रो नतिजा आएको छ, निकै खुसी लाग्यो'
कल्पना पौडेल सोमबार, साउन १९, २०७७  ०६:०१
1140x725

काठमाडौं- नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा कन्भासेन्ट थेरापी दिइएको छ। पहिले संक्रमित भएर निको भएका व्यक्तिबाट झिकिएको रगतबाट प्लाज्मा बनाएर संक्रमित व्यक्तिलाई उक्त प्लाज्मा दिइने विधिलाई प्लाज्मा कन्भासेन्ट थेरापी भनिन्छ। 

नेपाल पहिलो पटक नुवाकोट स्थायी ठेगाना भई हाल बौद्धमा बस्ने २८ वर्षीय युवाले संक्रमितको उपचारका लागि प्लाज्मा दान गरेका हुन्। उनी भारतबाट आएका थिए। कोरोना संक्रमण भएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको थियो। संक्रमणमुक्त भएपछि उनी प्लाज्मा दिन तयार भएका हुन्। 

सरकारले प्लाज्मा दान गर्न सार्वजनिक अपिल गरेपछि ती युवाले प्लाज्मा दान गरेका हुन्। 

शिक्षण अस्पतालमा उपचाररत एक संक्रमितलाई प्लाज्मा थेरापी गर्ने निर्णय भएपछि त्यसका लागि अस्पतालले ग्रान्डी अस्पतालमा कार्यरत ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाललाई अनुरोध गरेको थियो।

डा नेपाल र उनको टिमले कसरी प्लाज्मा तयार गरेको थियो भन्नेबारे हामीसँग डा नेपालले अनुभव साटेका छन्। बाँकी उनकै शब्दमाः

नेपालमा ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञको कमी छ। जनशक्ति नभएकाले होला शिक्षण अस्पतालले ग्रान्डीसँग अनुरोध गरेको थियो। प्लाज्मा दान गर्ने व्यक्तिको नाम गोप्य राखिएको छ। उहाँलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नै सम्पर्क गरेको थियो। 

उहाँलाई हामीसँग सम्पर्क गराइएपछि उहाँ असार १५ गते बिहीबार ग्रान्डी अस्पताल आउनु भएको थियो। उहाँलाई हामीले सुरुमा काउन्सिलिङ्ग गर्‍यौँ।

‘उहाँले मैले गर्दा अरुको जीवन जोगिन्छ भने मलाई फेरि दिन मिल्छ भने बोलाउनु होला’भन्नुभएको थियो। उहाँ निकै सकारात्मक सोचका साथ आउनुभएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

हामीले उहाँको २०० मिलिलिटर रगत झिकेका थियौं। त्यसपछि रगतबाट प्लाज्मा छुट्टयाउने काम सुरु भयो। सबै प्रक्रिया पूरा गरी प्लाज्मा तयार गर्न ४ घण्टा लागेको थियो। 

खासमा कोभिडमा पहिलो पटक भएर बिरामीमा कस्तो असर गर्ला? सफल होला कि नहोला भन्ने कुरा मनमा लागेको थियो। किनभने, पहिलो प्रयास नै असफल भएमा अरुले प्लाज्मा दान गर्न वा प्लाज्मा लिन नमान्ने वा असफल भयो भनेर नकारात्मक सन्देश जाने सम्भावना पनि भएकाले अलि 'स्ट्रेस' पनि 'फिल' भएको थियो।

हुनतः प्लाज्मा हामीले अन्य रोगका लागि बनाइरहेका हुन्छौँ। अन्य समयमा एक घण्टामा नै तयार गर्न सकिन्छ। 

तर, कोभिड-१९ को उपचारका लागि पहिलो पटक भएकाले हामीले अलि बढी सर्तकता अपनाउनु परेको थियो। सकेसम्म राम्रो गुणस्तरको गरौं भनेर पनि लागेका थियौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि सोही दिन उक्त प्लाज्मा हामीले शिक्षण अस्पतालमा पठाएका थियौँ। अस्पतालमा शुक्रबार राती सो प्लाज्मा संक्रमित व्यक्तिमा दिइएको रहेछ। त्यसको राम्रो रिजल्टले खुसी पनि लागेको छ। 

एकपटक एकजना व्यक्तिबाट झिकेको प्लाज्माले ४ जनासम्मलाई उपचार गर्न मिल्छ। तर हाम्रो अस्पतालमा यस्तो मेसिन छैन।

कतिपय सरकारी अस्पतालमा प्लाज्मा थेरापीका लागि चाहिने मेसिन छ। तर, जनशक्तिको अभावमा ती मेसिन सञ्चालनमा आएका छैनन्। ती मेसिन सञ्चालन गर्ने हो भने एकपटक झिकिएको रगतले ४ जनाको उपचार गर्न सकिन्छ।  

नेपालमा ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ एकदमै कम छन्। सरकारले मलाई बोलाएर सहयोग मागियो भने म सहयोग गर्न तयार छु।

हरेक एक हप्तामा निको भएको व्यक्तिले रगत दान गर्न सक्छ। तर, एकपटक दान गरेको ३ महिनापछि मात्र रगत दान गर्न सक्ने व्यवस्था सरकारले गरेको छ।

पहिलो प्रयास राम्रो भएकाले निकै खुसी लागेको छ। अब धेरै निको भएका व्यक्तिले दान गर्नहुन्छ भन्ने आशा छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०६:०१
  • #कोरोना_अपडेट
  • #डा-नेपाल
  • #प्लाज्मा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्