काठमाडौं- वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज-१६ नगवाका ६८ वर्षीय महिलाको शनिबार मृत्यु भएको हो।
वीरगञ्जस्थित नारायणी कोभिड-१९ विशेष अस्पतालको आइसियूमा उपचारका क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
अस्पताल भर्ना भएकी उनको शुक्रबार पिसिआर परीक्षणको पोजेटिभ रिपोर्ट आएको थियो। पछिल्लो पटक मृत्यु भएकी महिलासँगै वीरगञ्जमा हालसम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।