काठमाडौं- प्रदेश सरकार र स्थानीय सरकारले कोभिड संक्रमितको उपचारमा लापरबाही गरेको भन्दै जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगञ्जमा रिट दायर भएकाे छ।
रिटमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, वीरगञ्ज महानगरपालिकाको कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, संकट व्यवस्थापन केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नारायणी अस्पताल वीरगञ्जलाई विपक्षी बनाइएको छ।
डब्ल्यूएचओ तथा नेपाल सरकारको प्रोटोकल विपरीत काम भइरहेको र सरकार कोभिड-१९ नियन्त्रणमा संवेदनशील नभएको जिकिर रिटमा गरिएकाे छ।
अधिवक्ता सुधिर कर्णले लापरबाही गर्नेमाथि कारबाहीकाे माग गर्दै रिट दायर गरेका हुन्। रिट निवेदनमा कानुनको पालना गरी संक्रमितको सही व्यवस्थापन र उपचार गर्नुपर्ने लगायतको माग राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।