काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २४८ उपचारपछि निको भएका छन्।
हाल ५ हजार २ सय २७ जना संक्रमितको उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।
हाल १३ हजार २०१ जना हाल क्वारेन्टाइनमा छन्। हालसम्म नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।