काठमाडौं– नेपाल सेनाले मागेको सहायक सेनानी पदमा माग भन्दा कम उत्तीर्ण भएका छन्। एक सय ५० जना माग भएकोमा एक सय ३५ जना मात्र अन्तिम नतिजामा सफल भएका छन्।
आइतबार सहायक सेनानीको अन्तिम नजिता प्रकाशन भएको हो। जसमा मधेसी तथा दलित कोटामा माग भन्दा थोरै मात्र उत्तीर्ण भएका छन्।
कुल एक सय ५० मध्ये मधेसी कोटाका लागि १९ पद छुट्याइएको थियो, जसमा ४ जना मत्र उत्तिर्ण भएका छन्। त्यस्तै दलित कोटाको १० कोटामध्ये २ जना मात्र सफल भएका छन्।
अघिल्लो पटकको परिक्षामा एक सय ५० जना माग भएकोमा ९ जना मात्र उत्तीर्ण भएका थिए। त्यसकारण सेनाले लगत्तै फेरी दोस्रो पटक भर्ना प्रक्रिया अघि बढाएको थियो। दोस्रो पटकको भर्नामा ७ सय ३३ जनाले लिखित परिक्षामा नाम निकालेमा गुणमापक परिक्षामा धेरै अनुत्तिर्ण भएको सेनाका प्रवक्ताका सहायक रथी गोकलु खत्रीले बताए।
सेनाको लिखित परिक्षा लोक सेवा आयोगल लिन थालेपछि मागभन्दा थोरै मात्र उत्तिर्ण हुन थालेको हो। अघिल्लो पटक र यसपटक नाम निकालेहरुलाई सँगै तालिम गराइएने सेनाले जनाएको छ।
नतिजा हेर्न यहाँँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।