काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार दिउँसो एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुधबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै प्रतिष्ठानले दिउँसो ४: ४५ बजेको समयमा ती संक्रमितको मृत्यु भएको जानकारी गराएको हो। मृत्यु हुनेमा मोरङ निवासी ४५ वर्षीय पुरुष रहेको छन्। योसँगै नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
उनलाई दिउँसो १ बजेतिर गम्भीर अवस्थामा प्रतिष्ठान ल्याइएको थियो। गम्भीर अवस्थाका बिरामी भएकाले भेन्टिलेटरमा राखी उपचार सुरु भएको केही घण्टामा नै उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा जनाएका छन्।
हाल नेपालमा १९ हजार २७३ जना संक्रमित छन् भने यी मध्ये १४ हजार २१ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।