काठमाडौं- विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमण भएको भेटिएको छ। काठमाडौंका १४ र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ४९३ पुगेको छ।
बुधबार देशभर २१० संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३११ जना थप कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितको संख्या भने १९ हजार २७३ पुगेको छ।
बुधबार १४६ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार २१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।