डोटी– डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप २ जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
पछिल्लो पटक मृत्यु हुनेमा शिखर नगरपालिका–८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र सोहि नगरपालिका–३ की २८ वर्षीया धौलीदेवी भुल छन्।
यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा घाइते रहेका १४ जनामध्ये १ जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।
शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग१ख ५२७५ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।